नाडा कार्यसमितिमा रेकर्ड : मोफसलबाट नेतृत्व, पहिलो महिला सदस्य र धेरै मत
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नब निर्वाचित कर्यसमितिमा दुई नयाँ...
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गरेका छन् । बिहीबार नाडाको केन्द्रीय सचिवालय टेकुमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष करण चौधरी समक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका हुन् ।
उनले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताअनुसार संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखे ।

बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ (ङ) बमोजिम महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरी लाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । साथै, केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।
आगामी दिनमा अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नब निर्वाचित कर्यसमितिमा दुई नयाँ...
काठमाडौं – सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि ‘विलासिता’ का १०...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...