प्रवेशको नजरमा : नाडाको नयाँ नेतृत्वले गर्नु पर्ने आवश्यक २० कार्यहरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयन हुँदैछ । देशभरका अटोमोबाइल व्यवसायीहरुका बीचमा हाल यस विषयमा बहस चलिरहेको छ । नयाँ नेतृत्वका लागि करण चौधरी र ध्रुब बहादुर थापाका बीचमा प्रतिस्पर्धा चल्ने छ ।

नाडाको आगामी नयाँ नेतृत्व जसले लिए पनि परम्परागत भन्दा केही नयाँ गरेर देखाउनु पर्ने अवस्था छ । नेपाली अटोमोबाइल क्षेत्रमा केही नयाँ चाहने र गर्ने नै हो भने निम्नानुसारका कार्य गर्नु आवश्यक छ ।

१. नेपालको भौगोलिक अवस्था अनुसार कस्ता खालका अटोमोबाइलको आवश्यकता छ भन्ने वारेमा अध्ययन अनुसन्धान गर्नुपर्छ ।

२. सरकारसँग मिलेर सवारी साधनका लागि गुणस्तरीय इन्धन (युरो स्ट्यान्डर्ड) को लागि कार्य गर्नुपर्छ ।

३. सवारी साधनले गर्ने प्रदूषण नियन्त्रणका लागि सरकारसँग मिलेर समानान्तर रुपमा कार्य गर्नु आवश्यक छ ।

४. नयाँ ड्राइभिङ लाइसेन्स तथा नवीकरणका लागि भइरहेको व्यवस्थालाई परिमार्जन गरी आवश्यक व्यवस्था गर्नुपर्छ ।

५. वार्षिक रुपमा सडक सुरक्षा र यसको वारेमा जनचेतना जगाउने खालका कार्यक्रम गर्नु आवश्यक छ ।
६. प्रदूषणबाट हुने समस्यालाई न्यूनीकरण गर्नका लागि हरित कर (ग्रीन ट्याक्स) लगाउने र वातावरणमैत्री विद्युतीय सवारीको प्रवद्र्धनका लागि आवश्यक कार्य गर्ने ।

७. सडक दुर्घटना पीडितहरुका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायसँग मिलेर कार्य गर्ने र बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने कार्यमा लाग्ने ।

८. सडक र सवारी सम्बन्धी जानकारीमूलक सामग्री अध्यापनका लागि विश्वविद्यालयहरुसँग मिलेर इन्जिनियरिङ पाठ्यक्रम निर्माणका लागि लविइङ गर्ने ।

९. इलेक्ट्रिक भेइकल, ट्रली बस, मेट्रो रेल आदि सञ्चालन वारेमा अध्ययन गर्ने ।

१०. नाडा अटो शोलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने ।

११. अटोमोबाइल व्यवसायमा देखिने समस्या र अप्ठ्यारापन समाधानका लागि व्यावसायिक प्राविधिक टिमको निर्माण गर्ने र आवश्यक सहकार्य गर्ने ।

१२. नाडाले आफै पनि ड्राइभिङ सेन्टर, भेइकल टेस्टिङ सेन्टर, रेसिङ ट्रयाक, मोडिफिकेसन, टेक्निकल ट्रेनिङ सेन्टर आदि नयाँ व्यवसायको सुरुवात गर्न सक्छ । यस्तै नयाँ व्यवसायको थालनी गर्ने ।

१३. प्रोफेसनल स्पिकरहरुलाई आमन्त्रण गरी अन्तर्राष्ट्रिय स्तरको अटोमोटिभ कन्फ्रेन्सको आयोजना गर्ने ।

१४. अटोमोबाइल सम्बद्ध अन्तर्राष्ट्रिय संगठनहरु एसएई इन्टरनेसनल, फिसिटा, आईमेक, आईर्याप, एफआईए आदिको सम्बन्धन लिने ।

१५. नाडाको सदस्यता लिने प्रक्रिया विस्तार गरी विद्यार्थी र इन्जिनियरिङ क्षेत्रका व्यक्तिहरुलाई पनि सदस्यता दिने ।

१६. विद्यार्थी वा अन्य कुनै अनुसन्धानकर्ताले बनाएका नयाँ इनोभेसनलाई समर्थन गर्ने र आवश्यक सहयोग गर्ने ।

१७. अन्तर्राष्ट्रिय स्तरका सडक र पूर्वाधार निर्माणका लागि सरकारसँग मिलेर कार्य गर्ने ।

१८. सवारी साधनको बिमा सम्बन्धी नीतमा सुधारका लागि आवश्यक कार्य गर्ने ।

१९. नेपालबाटै अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स लिने प्रक्रियाका लागि आवश्यक कार्य गर्ने ।

२०. सवारी साधन आयात गर्दा लाग्ने करको वारेमा सरकारी नीति निर्माताहरुसँग आवश्यक छलफल गर्ने र आवश्यक सुधार गर्ने ।

(प्रवेश पौडेल हाल टोयोटा सर्भिस सेन्टरमा कार्यरत छन् ।)

सम्बन्धित समाचारहरू

भ्रामक समाचारको पछि नलाग्न नाडाको आग्रह, विशेष साधरण सभा तोकिएकै मितीमा हुने

भ्रामक समाचारको पछि नलाग्न नाडाको आग्रह, विशेष साधरण सभा तोकिएकै मितीमा हुने

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संस्थासंग जोडिएर...

वर्तमान समस्याको समाधानका लागि पहल गर्न डिलरहरुको नाडालाई ध्यानाकर्षण

वर्तमान समस्याको समाधानका लागि पहल गर्न डिलरहरुको नाडालाई ध्यानाकर्षण

सवारी साधन बिक्री कार्यमा संलग्न विभिन्न आयातकर्ता कम्पनीका डिलरहरुले...

भाद्र ३ देखि ८ गते सम्म नाडा अटो शो २०२५ हुने, खुल्यो रजिष्ट्रेशन

भाद्र ३ देखि ८ गते सम्म नाडा अटो शो २०२५ हुने, खुल्यो रजिष्ट्रेशन

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आगामी २०८२ भाद्र ३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...