अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र नाडाविच सहमती

काठमाडौं–नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन नाडाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) संग एक सहमती गरेको छ ।

मंगलबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरु विच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने गर्ने विषयमा उक्त सहमती भएको हो ।

अटोमोबाइल क्षेत्रलाई थप सुदृढ बनाउन पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरु सृजनागरी आवश्यक सुधार गर्ने सहमतीमा उल्लेख गरिएको छ । यसैगरी, दुवै संस्थाहरुले नेपालको अटोमोबाइल उद्योगहरुको वृद्धिका लागि नविनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने र पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकताहरु र कर्मचारीहरुको क्षमताबीचको खाडल पूरा गर्ने सहमती भएको छ ।

तालिमको सन्दर्भमा लेवल एक बाट तालिमको शुरुआत गर्ने र क्रमसः लेवल दुईमा जाने, आवश्यकता अनुसार पाठयक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने, तालिम र पाठयक्र मनिर्माणका लागि एनएभिटीले नाडासंग सहमती गरी (एमओयु) अघि बढाउन सहमती गरिएको छ ।

उक्त छलफलमा नाडाका तर्फबाट अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थित थियो । दुई निकायहरु विच भएको यस्तो एतिहासिक पारस्परिक सहमतीले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकहरुको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षा राखिएको छ ।

सम्बन्धित समाचारहरू

वाडा अटो शोमा एलईभी ०१ ईभी किन्दा ३ लाख सम्मको अतिरिक्त लाभ

वाडा अटो शोमा एलईभी ०१ ईभी किन्दा ३ लाख सम्मको अतिरिक्त लाभ

पोखरा – पोखरामा जारी वाडा अटो शोमा एलईभी ०१ ईभी खरिद गर्ने ग्राहकले ३...

जिली ईएक्स ५ सहित जेवाई एयर ईभी पनि नाडा अटो शो २०२५ मा सार्वजनिक, थुप्रै छुट र अफर

जिली ईएक्स ५ सहित जेवाई एयर ईभी पनि नाडा अटो शो २०२५ मा सार्वजनिक, थुप्रै छुट र अफर

काठमाडौं – चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरु आज देखि...

एसेम्बल उद्योगका लागि तोकिएको अन्तःशुल्क यथावत, व्यवसायीलाई राहत

एसेम्बल उद्योगका लागि तोकिएको अन्तःशुल्क यथावत, व्यवसायीलाई राहत

सरकारले हालै सार्वजनिक गरेको बजेटले सवारी साधन एसेम्बल गर्नका लागि आवश्यक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...