नाडा र नाईमा अटोमेबाइल क्षेत्रको विकासप्रति प्रतिबद्ध, केही कम्पनीलाई दुबै संघको सदस्य बन्न छुट

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा) र हालै गठन भएको नयाँ संस्था ‘नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन(नाइमा)’ ले आँफूहरु नेपालको अटोमोबाइल क्षेत्रको विकासमा एकताबद्ध भएर लागिपर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

दुवैै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै अटो क्षेत्रको विकासमा एक भएर लाग्ने सन्देश दिएका हुन् । नाडाका अध्यक्ष करण चौधरी र नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले सवारी साधन क्षेत्रको समग्र विकासप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।

‘नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो । नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । जसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् ।

नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन नाइमा भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था रहेको र यसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व गर्छन् । दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुवै संघको भाग बन्ने छनौट गर्न सक्छन् । तथापि, प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्ने छ ।

नाइमा भनेको मोबिलिटी सशक्तीकरणको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो। जसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् । नाइमाको उद्देश्य मोबिलिटीमार्फत विकास सशक्त बनाउने रहेको छ । यसले रणनीतिक नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ। जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिइने छ ।

नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए पनि यसको कार्य क्षेत्र उद्योग र सरोकारवालाहरुको सशक्तिकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने छ । यस संस्थाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवद्र्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्यहरू पूरा गर्न काम गर्ने छ ।

नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा नाडा र नाइमा दुवै संस्थाहरू व्यवसायीको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध छन्’ जारी विज्ञप्तीमा भनिएको छ ।

नाइमाले २०८२ साल वैशाख ४ गते आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना र मोबिलिटी सशक्तिकरणका लागि गर्न लागिएका कार्यक्रमहरू सार्वजनिक गर्दै औपचारिक रुपमा संस्था सञ्चालनमा आएको घोषणा गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

बजेटका विषयमा भन्सार विभागसंग नाडाको छलफल

बजेटका विषयमा भन्सार विभागसंग नाडाको छलफल

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि...

नाडा टिमले ग-यो अर्थमन्त्रीसँग हायर पर्चेज लोन र विभिन्न विषयमा गम्भीर छलफल

नाडा टिमले ग-यो अर्थमन्त्रीसँग हायर पर्चेज लोन र विभिन्न विषयमा गम्भीर छलफल

काठमाडौं – नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...

अर्ब रुपैयाँ बढी कारोबार गर्ने यी ३ स्पेयर पार्ट्स व्यवसायी नाडाको चुनावी मैदानमा

अर्ब रुपैयाँ बढी कारोबार गर्ने यी ३ स्पेयर पार्ट्स व्यवसायी नाडाको चुनावी मैदानमा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि पर्सि मतदान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...