नाडा अटो शोमा दिपल, रोयल इनफिल्ड, डीएफएसके र हिट्कोको स्टल उत्कृष्ट
काठमाडौं–नाडा अटो शो २०२५ मा उत्कृष्ट स्टलको पुरस्कार दिपल, रोयल इनफिल्ड,...
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा) र हालै गठन भएको नयाँ संस्था ‘नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन(नाइमा)’ ले आँफूहरु नेपालको अटोमोबाइल क्षेत्रको विकासमा एकताबद्ध भएर लागिपर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
दुवैै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै अटो क्षेत्रको विकासमा एक भएर लाग्ने सन्देश दिएका हुन् । नाडाका अध्यक्ष करण चौधरी र नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले सवारी साधन क्षेत्रको समग्र विकासप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।
‘नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो । नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । जसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् ।

नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन नाइमा भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था रहेको र यसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व गर्छन् । दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुवै संघको भाग बन्ने छनौट गर्न सक्छन् । तथापि, प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्ने छ ।
नाइमा भनेको मोबिलिटी सशक्तीकरणको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो। जसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् । नाइमाको उद्देश्य मोबिलिटीमार्फत विकास सशक्त बनाउने रहेको छ । यसले रणनीतिक नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ। जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिइने छ ।
नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए पनि यसको कार्य क्षेत्र उद्योग र सरोकारवालाहरुको सशक्तिकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने छ । यस संस्थाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवद्र्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्यहरू पूरा गर्न काम गर्ने छ ।
नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा नाडा र नाइमा दुवै संस्थाहरू व्यवसायीको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध छन्’ जारी विज्ञप्तीमा भनिएको छ ।
नाइमाले २०८२ साल वैशाख ४ गते आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना र मोबिलिटी सशक्तिकरणका लागि गर्न लागिएका कार्यक्रमहरू सार्वजनिक गर्दै औपचारिक रुपमा संस्था सञ्चालनमा आएको घोषणा गर्ने तयारी गरेको छ ।
काठमाडौं–नाडा अटो शो २०२५ मा उत्कृष्ट स्टलको पुरस्कार दिपल, रोयल इनफिल्ड,...
काठमाडौं–रसुवा जिल्लामा आएको बाढी तथा पहिरोले सिर्जना गरेको भयावह...
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले हिजो जारी गरेको निर्बाचन सम्बन्धी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...