नाडा अध्यक्षको सरकारलाई आग्रह : अटो व्यवसायलाई गैरकानुनी व्यवसाय बनाउनबाट रोकौ
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले आगामी बजेटमा कर...
काठमाडाैं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग देशका उद्योगी व्यवसायीहरूले आफ्नै देशमा उद्योग व्यवसाय गरेर आय आर्जन गर्न सकिने वातावरण निर्माणका लागि आग्रह गरेका छन्।
सोमबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मन्त्री भण्डारीसँग भेटघाट गरी विभिन्न विषयमा छलफल गरेको छ।
उक्त भेटमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूको नेपालमा निर्वाध प्रवेशले नेपाली मालवाहक साधनहरूको व्यवसायमा ठूलो असर परिरहेको बताउँदै सरकारले उद्योग व्यवसायप्रति सकारात्मक दृष्टिकोण अझै बनाउन नसकेको गुनासो व्यक्त गरे। उनले नेपालकै उत्पादनले बजार पाउने वातावरण बनाउनुपर्ने भन्दै लुब्रिकेन्ट्स उद्योगका नाममा तयारी वस्तु (फिनिस्ड गुड्स) ल्याएर बिक्री वितरण भइरहेकोले त्यसलाई रोक्नुपर्ने धारणा राखे।
साथै, नेपालमा टायर उद्योगहरू स्थापना भए पनि त्यसका लागि मापदण्ड नभएको उल्लेख गर्दै बुट मोडेलमा बाह्य लगानी भित्र्याउन सकिने सम्भावना रहेको बताए।
उनले उद्योगी व्यवसायीहरूले आफ्नै देशमा व्यवसाय गरेर आय आर्जन गर्न सक्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्दै नाडाको ६ बुँदे लिखित सुझाव पनि पेश गरे।
यसै क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन हालसम्म पारित नहुँदा सवारी साधन आयातकर्ताहरूलाई ठूलो समस्या भइरहेको भन्दै सो ऐन छिटो पारित गर्न आग्रह गरे। त्यस्तै, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका ब्याट्री उद्योगहरूको अवस्थाबारे जानकारी दिँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्न सकिने र सो क्षेत्रलाई विशेष आर्थिक क्षेत्र (सेज) को रूपमा प्रयोग गर्न सकिने सुझाव राखे।
छलफलको अन्त्यमा मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायको अवस्थाबारे पर्याप्त जानकारीबिना संसद्मा प्रश्न उठ्ने गरेको गुनासो गर्दै सरकारले खुला बजार अर्थनीति अवलम्बन गरेको बताए। उनले खुला बजारमा ७०० प्रतिशतसम्म मुनाफा गर्न सकिने उल्लेख गर्दै नाडाका सुझावहरू राजस्व परामर्श समितिमा पठाउन अनुरोध गरे।
साथै, एजेन्सी दर्तासम्बन्धी ऐन पारित नभएको विषयमा तत्काल सम्बन्धित मन्त्रालयबाट जानकारी लिई छिट्टै पारित हुने आश्वासन दिए। मन्त्री भण्डारीले नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि उपयुक्त वातावरण सिर्जना गर्न आफू प्रतिबद्ध रहेको बताए।
उक्त भेटघाटमा मन्त्रालयका वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर राउत, निजी सचिव सुमन धिताल र स्वकीय सचिव आनन्दप्रसाद भट्टको उपस्थिति थियो। नाडाको तर्फबाट सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एसोसिएसन सचिव सुरेन्द्र प्रधान पनि सहभागी थिए।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले आगामी बजेटमा कर...
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...
वैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावसँगै समस्यामा पर्न थालेको सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...