कर सहजीकरणका लागि आन्तरिक राजस्व विभागसँग नाडाको आग्रह

काठमाडौं - नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका नव नियुक्त महानिर्देशक रितेश कुमार शाक्यसंग भेटी आन्तरिक राजश्व सम्बन्धी नीतिगत विषयहरुमा छलफल गरेको छ ।

हिजो सम्पन्न भेटघाट तथा छलफलको क्रममा अध्यक्ष थापाले नाडाबाट हरेक वर्ष संचालन हुने तालिम कार्यक्रममा त्यस विभागले गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दे नाडाले निकट भविष्यमा नै ७ वटै प्रदेशमा आयोजना गर्ने कर सम्बन्धी तालिम कार्यक्रममा पनि सहयोगको लागि आग्रह गरे । सो क्रममा अध्यक्ष थापाले सवारी साधन बिक्री गर्दा पैठारीकर्ता तथा डिलरहरुले बैंक तथा वित्तीय निकायहरुको अनिश्चितताको कारण मूल्य अभिबृद्धि करको विल विजक काटन ढिलाई हुने र सो समयमा वास्तविक स्टक समेत नदेखिने कुराको जानकारी गराउदै सो व्यवहारिक कठिनाइको सहजीकरणका लागि आग्रह समेत गरे ।

छलफलको क्रममा उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरुले अनिवार्य रुपमा कम्प्युटर विल जारी गरि सो विलमा एच.यस. कोड समेत उल्लेख गरिनु पर्ने भन्दै अटोमोवाइल स्पेयर पार्टसको अनधिकृत आयातको रोकथामका लागि सीमा नाकाहरुलाई कडाई गरिनुपर्ने धारणा राखे ।

छलफलमा बोल्दै नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल व्यवसायीहरुलाई मूल्य अभिबृद्धि करमा अनिवार्य दर्ता गर्नुपर्ने विषयलाई कडाइकासाथ लागु गर्ने व्यवस्थाका लागि अनुरोध गर्दै अनलाइन पेमेण्टको व्यवस्थाका लागि समेत आग्रह गरे ।

छलफलको अन्त्मा महानिर्देशक शाक्यले सिष्टममा सुधार गरिने, खुला सीमा राज्यकै समस्या भएको, सबै करदताहरुका लागि एउटै व्यवस्था गरिने बताउँदै नाडाले बजेट सुझावमा आवश्यक सबै राय सुझावहरु राखि दिन आग्रह समेत गरे । छलफलमा उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराईले व्यवसायीहरुले विल विजकहरु यथासक्य छिटो काटने व्यवस्थाका लागि आग्रह समेत गरे ।

छलफलमा सो विभागमा उपमहानिर्देशकहरु गोविन्द प्रसाद सुवेदी र रमेश शर्मा पौडेल समेतको उपस्थिति थियो । छलफलमा निर्देशक पदम कुमार श्रेष्ठ समेतको उपस्थिति थियो । छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया लगायत कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति थियो ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२४ सम्पन्र : यी स्टल बने उत्कृष्ट

नाडा अटो शो २०२४ सम्पन्र : यी स्टल बने उत्कृष्ट

काठमाडौँ – गत भदौ ११ देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो...

आयात प्रतिबन्धका कारण ५८ शोरुम बन्द, १०० शोरुम बन्द हुने अवस्थामा

आयात प्रतिबन्धका कारण ५८ शोरुम बन्द, १०० शोरुम बन्द हुने अवस्थामा

सरकारले लामो समय देखि गरेको आयात बन्द तथा नेपाल राष्ट्र बैंकले अटोमोबाइल...

नाडा अटो शो आगामी फागुन ९ देखि १४ सम्म हुने

नाडा अटो शो आगामी फागुन ९ देखि १४ सम्म हुने

काठमाडौं – कोरोना भाइरस संक्रमणको कारण रोकिदै आएको अटोमोबाइल कुम्भ मेला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...