बजेटले आयात रोकेर एसेम्बलमा जान प्रेरित गरेको नाडा अध्यक्ष ध्रुव थापाको भनाइ
सरकारले हिजो सार्वजनिक गरेको बजेटका विषयमा विभिन्न क्षेत्रहरुबाट...
काठमाडौं - नाडा अटोमोबाइल्स एसोसिएसनले बजेट प्रतिस्थापन विधेयकले अटोमोबाइल क्षेत्रमा पारेको असरका विषयमा अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएको छ । नाडा उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधि मण्डलले बजेट प्रतिस्थापन विधयेकले अटोमोबाइल क्षेत्रमा पारेको प्रभावबारे छलफल गरेको नाडाले जनाएको छ ।
उपाध्यक्ष चौधरीले एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२ ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताए । एसेम्बल कति पाटर्समा आउनु पर्ने हो, कुन पार्टस एसम्बलिङ हो, सरकारले त्यसको स्पष्ट वर्गीकरण गर्नु पर्ने उनले बताए ।
नले नेपालमा गुणस्तरिय लुव्रिकेन्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरूप नीति ल्याउनु पर्ने आग्रह गर्दे सरकारले अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नु पर्ने बताए ।
नाडाका मोटरसाइकल समिति सभापति अभिक ज्योतिले नेपालमा १६० सिसिसम्मका मोटरसाइकलहरू दुईतिहाइको संख्यामा विक्री हुने भन्दै अहिलेको सेगमेन्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरूमा आर्थिक भार थपिन पुगेको मात्र नभई अलमलमा समेत पर्ने बताए । सरकारले गरेको वर्तमान सेगमेन्टलाई पहिले कै अवस्थामा ल्याउँदा सबैलाई सहज हुने उनले बताए ।
दुगड ब्रदर्स एण्ड सन्सका प्रवन्ध निर्देशक विवेक दुगडले सरकारले २५० सीसी भन्दा माथीका मोटरसाइकललाई हेभी सवारी साधन मानेको तर नेपालको पहाडी धरातलीय अवस्थितिका कारण र पर्यटन प्रवर्द्धनका लागि उच्च सीसीका मोटरसाइकल आवश्यक पर्ने बताए ।
अर्थमन्त्री शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएको बताउँदै सोही अनुरूपका नीतिहरू ल्याइएको बताए । यसबाट थप रोजगारी रोजगारी मात्र सिर्जना हुने नभई दक्ष जनसक्ती पनि तयार हुने, लगानी र उत्पादन पनि बढ्ने उनले बताए ।
उद्योग व्यवसाय क्षेत्रको समस्या समाधानका लागि सरकारले कर पुनरावलोकन आयोग समेत गठन गर्न लागेको उनले बताए । सरकारबाट कहाँकहाँ कमजोरी भए त्यसकोसमेत समाधान गरिने उनले बताएको नाडाले जनाएको छ ।
सरकारले हिजो सार्वजनिक गरेको बजेटका विषयमा विभिन्न क्षेत्रहरुबाट...
काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १००...
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...