अध्यादेशमा नाडा खुशी, अन्य सुझावहरुलाई पनि मनन गरिदिन आग्रह

सरकारले हालै अध्यादेशमार्फत देशको विकासलाई अघि बढाउने र अर्थतन्त्रलाई गतिशिल बनाउन वाधक देखिएका विभिन्न ऐनका बुँदाहरुमा परिवर्तन गरेको छ ।

खासगरी कालो बजार नियन्त्रण ऐनमा व्यवसायीहरुले २० प्रतिशत भन्दा बढी मुनाफा कमाउन नपाउने व्यवस्था हटाइएको छ । जसका लागि नेपालको नीजि क्षेत्रले सरकारलाई सुझावहरु दिँदै आएको थियो । अहिले सरकारले त्यसको आवश्यकता, उदार र खुल्ला बजार अर्थतन्त्रको मूल मर्मलाई महशुसगरी त्यसका वाधाहरुलाई हटाएको छ । त्यो निश्चय नै सराहनिय रहेको भन्दै नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले स्वागत गरेको छ ।

खस्कदै गएको नेपालको अटोमोवाइल व्यवसाय र देशको समग्र अर्थतन्त्रमा सुधार ल्याउन र उपयुक्त व्यावसायिक बातावरण निर्माण गर्न नाडाले पटक पटक सरकारलाई विभिन्न सुझावहरु दिँदै आएको छ । यसै सन्दर्भमा नाडाले अर्थ मन्त्रालयलाई २२ बुँदे सुझावहरु दिएको थियो । यसै क्रममा नाडाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एजेन्सी संशोधन र एकिकरणका सम्बन्धमा पनि ४ बुँदे सुझावहरु दिएको छ । त्यसैगरी नाडाले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिसंग सम्बन्धित ६ बुंदे सुझावहरु समेत दिएको छ । नाडाका यी सुझावहरुतर्फ पनि सरकारले आवश्यक ध्यान दिनेछ भन्ने अपेक्षा राखेको छ ।

‘अहिले सरकारले प्रोटोकल फर मुभमेण्ट अफ कार्गो विद रिफरेन्स टु द मोटर भेहिकल्स एग्रिमेण्ट फर द रेगुलेशन अफ प्यासेञ्जर, पर्सोनल एण्ड कार्गो भेहिकुलर ट्राफिक विटविन बङ्गलादेश, भुटान, इण्डिया र नेपाल (विविआइएन) को प्रारुपका विषयमा छलफल चलाउदै आएको सन्दर्भमा यी चार देशहरु विच खुला यातायात प्रणाली सञ्चालनमा आउनु निश्चय नै स्वागतयोग्य विषय हो । तर यस विषयमा सरकारले सँझौता गर्दा नेपालमा पर्ने केही व्यावहारिक पक्षहरुबारे विशेष ध्यान दिनु पर्ने देखिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोको ‘हट केक मोडल’ बन्न सक्ने बीवाईडी एट्टो२, यस्तो छ फिचर र पर्फमेन्स

नाडा अटो शोको ‘हट केक मोडल’ बन्न सक्ने बीवाईडी एट्टो२, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं–बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले...

नयाँ दिल्लीमा ११ औं अटो ट्रेड डायलग सम्पन्न, नेपालबाट नाडा अध्यक्ष करण चौधरी सहभागी

नयाँ दिल्लीमा ११ औं अटो ट्रेड डायलग सम्पन्न, नेपालबाट नाडा अध्यक्ष करण चौधरी सहभागी

काठमाडौं–भारतको राजधानी नयाँ दिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोवाइल...

कर सहजीकरणका लागि आन्तरिक राजस्व विभागसँग नाडाको आग्रह

कर सहजीकरणका लागि आन्तरिक राजस्व विभागसँग नाडाको आग्रह

काठमाडौं – नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ६ सदस्यीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...