स्केल फरक भए पनि नाडा अटो शो र नाडा ईभी एक्सपोमा इनर्जी उही छ
भोलि अर्थात असोज ६ देखि काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्सपो २०२२...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ । एसोसिएसनले शुक्रबार विहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको बताएको छ ।
कर्णालीको बिकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्र्रुव थापाले प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको संदेश प्रदान गर्न खोजेको बताए । अध्यक्ष थापाले कर्णाली साँच्चै सुन्दर रहेको तर, आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको बताउदै देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात सञ्जालमा रारालाई छिट्टै जोड्नु पर्ने देखिएको बताए ।
बैंठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एसोसिएसनसँग पनि रारा तालको परिसरमा अन्तक्र्रिया कार्यक्रम आयोजना भएको थियो । सो अन्तक्र्रिया कार्यक्रममा कर्णाली अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, ब्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन र अन्तर प्रदेश सम्बन्ध लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।
अन्तक्र्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफुहरुले सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी गराए ।
कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानीय स्तरबाटै आउने समस्या समाधान गर्दै जानु पर्ने धारणा राखेका थिए । नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले कार्यक्रम संचालन गरेका थिए ।
यसैगरी नेपालगञ्ज आसपासमा रहेका अटोमोवाइल क्षेत्रका समस्याको विषयमा शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो । उक्त कार्यक्रममा लुम्बिनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराई समेतको उपस्थिति रहेको थियो ।
नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसार पसारमा काम गर्ने पदमबहादुर रावललाई आर्थिक सहयोग गरेको थियो । रावलका दुई बच्चाको पढाई लेखाईमा सहयोग पुगोस् भनेर १५ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो । साथै, नाडाका सदस्यहरुले निजको परिवारका सदस्यलाई काठमाडौं वा जनकपुर जहाँ भए पनि रोजगारी दिने प्रतिवद्धता समेत व्यक्त गरेको बताइएको छ ।
भोलि अर्थात असोज ६ देखि काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्सपो २०२२...
काठमाडौं–भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२४ मा ट्राइम्फ मोटरसाइकलले...
नाडाका अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...