नाडाद्धारा ट्राफिक प्रहरीलाई ट्राफिक ब्यवस्थापन सामग्री हस्तान्तरण

काठमाडौं– नाडा अटोमोवाइलल्स एशोसिएशन अफ नेपालले काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथलाई ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा वुधवार आयोजित एक कार्यक्रमका बिच नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको तर्फबाट अध्यक्ष ध्रुव थापाले ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने सामाग्री हस्तान्तरण गरेका हुन् ।

ट्राफिक ब्यवस्थापनको लागि आवश्यक पर्ने १ सय थान फ्लोरोसेन्ट ज्याकेट तथा सिसी टिभी मोनिटरिङलाई थप प्रभावकारी रुपमा सन्चालन गर्न ५ थान कम्युटरको सिपियू, ५ थान किबोर्ड र ५ थान माउस हस्तान्तरण गरिएको हो ।

सामाग्री हस्तान्तरणका क्रमममा अध्यक्ष थापाले ट्राफिक जनचेतना अभिवृद्धीका साथै सवारी दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीसँग निरन्तर रुपमा सहकार्य गर्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल भविष्यमा पनि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

ट्राफिक ब्यवस्थापन सामाग्री हस्तान्तरण पश्चात काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले नाडाका अध्यक्ष ध्रुव थापा लगायत अन्य पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरिन ।

साथै, बढ्दो ट्राफिक समस्या समाधान तथा न्युनिकरणको लागि नाडा तथा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच भविष्यमा पनि थप योजनाहरु बनाई समन्वयात्मक रुपमा अगाडी बढ्ने सहमति भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्‍ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

नेपालमै गाडी उत्पादन गर्न सरोकारवालाको सुझाव, अन्य विभिन्न कानुनी अड्चन हटाउने प्रतिबद्धता

नेपालमै गाडी उत्पादन गर्न सरोकारवालाको सुझाव, अन्य विभिन्न कानुनी अड्चन हटाउने प्रतिबद्धता

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर...

अटो शोरुम, वर्कशप तथा स्पेयर पार्ट्स व्यवसायमा संलग्न जनशक्तिका लागि खोप उपलब्ध गराउन माग

अटो शोरुम, वर्कशप तथा स्पेयर पार्ट्स व्यवसायमा संलग्न जनशक्तिका लागि खोप उपलब्ध गराउन माग

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल शोरुम, वर्कशप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...