नाडाद्वारा ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ट्राफिक जनचेतना जगाउने कार्यका लागि आवश्यक सामग्री महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

नाडा अध्यक्ष अध्यक्ष कृष्णप्रसाद दुलालले काठमाडौको एक प्रमुख स्थान त्रिपुरेश्वर चोकमा एक औपचारिक कार्यक्रमका बीच महाशाखाका प्रहरी उपरीक्षक संञ्जिव शर्मा दासलाई ती सामग्री हस्तान्तरण गरे । अध्यक्ष दुलालले १० हजार थान नो हर्न स्टिकर, ५ हजार थान कोभिड १९ विरुद्धको मास्क, २ सय थान तपाइको मास्क खोइ ? चेतनामूलक व्यानर र २ सय थान ट्राफिक नियमको पालना गरौं लेखिएको चेतनामूलक व्यानर हस्तान्तरण गरे ।

उक्त अवसरमा सो जनचेतनामूलक स्टिकर तथा पर्चाहरु सवारी साधन चालकहरुलाई वितरण समेत गरिएको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु विगतमा पनि सम्पन्न गर्दे आएको जनाएको छ ।

उक्त कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सह कोषाध्यक्ष विक्रम सिंघानिया, केन्द्रीय कार्य समिति सदस्यहरु राजनबाबु श्रेष्ठ, दिपक अग्रवाल, सुरज भट्टराई, निलमणी पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी र कपिल शिवाकोटीसमेतको उपस्थित रहेको थियो ।

सो कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका बरिष्ठ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

बुटवल – नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी...

नीति तथा कार्यक्रममार्फत मेयर साहको घोषणा : रिभर्स बोरिङ सहितको भूमिगत पार्किङ बनाइने

नीति तथा कार्यक्रममार्फत मेयर साहको घोषणा : रिभर्स बोरिङ सहितको भूमिगत पार्किङ बनाइने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंमा...

विश्वको सबैभन्दा अग्लो सडकको भयो उद्घाटन, गिनिज बुकमा दर्ता

विश्वको सबैभन्दा अग्लो सडकको भयो उद्घाटन, गिनिज बुकमा दर्ता

विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको सडकको उद्घाटन भएको छ । सो सडक १९ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...