ट्राफिक लाइटमा अब एआई ह्वाइट लाइट पनि समावेश हुने
ट्राफिक लाइट देख्नु भएकै होला ? त्यसमा जम्मा ३ कलरका लाइट हुन्छन् । रातो,...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ट्राफिक जनचेतना जगाउने कार्यका लागि आवश्यक सामग्री महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।
नाडा अध्यक्ष अध्यक्ष कृष्णप्रसाद दुलालले काठमाडौको एक प्रमुख स्थान त्रिपुरेश्वर चोकमा एक औपचारिक कार्यक्रमका बीच महाशाखाका प्रहरी उपरीक्षक संञ्जिव शर्मा दासलाई ती सामग्री हस्तान्तरण गरे । अध्यक्ष दुलालले १० हजार थान नो हर्न स्टिकर, ५ हजार थान कोभिड १९ विरुद्धको मास्क, २ सय थान तपाइको मास्क खोइ ? चेतनामूलक व्यानर र २ सय थान ट्राफिक नियमको पालना गरौं लेखिएको चेतनामूलक व्यानर हस्तान्तरण गरे ।
उक्त अवसरमा सो जनचेतनामूलक स्टिकर तथा पर्चाहरु सवारी साधन चालकहरुलाई वितरण समेत गरिएको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु विगतमा पनि सम्पन्न गर्दे आएको जनाएको छ ।
उक्त कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सह कोषाध्यक्ष विक्रम सिंघानिया, केन्द्रीय कार्य समिति सदस्यहरु राजनबाबु श्रेष्ठ, दिपक अग्रवाल, सुरज भट्टराई, निलमणी पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी र कपिल शिवाकोटीसमेतको उपस्थित रहेको थियो ।
सो कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका बरिष्ठ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
ट्राफिक लाइट देख्नु भएकै होला ? त्यसमा जम्मा ३ कलरका लाइट हुन्छन् । रातो,...
काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा...
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा दुई देशका व्यापारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...