अर्थमन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको छलफल, समस्या समाधान गर्न आग्रह

काठमाडौं– अटोमोबाइल व्यवसायीले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेट गरेका छन् । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेट गरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेका हुन् ।

उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गरे । साथै उनले नाडाका तर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरे ।

उनीहरुले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई बैकबाट हायर प्रचेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालू रेसियोमा हाल लागु हुँदै आएको ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत पु-याउनु माग राखेका छन् । साथै, कालो सुचिमा रहेको ब्यक्ती फर्मलाई कर चुक्ता तथा नबिकरण गर्न रोक लगाईनु पर्ने र यसका लागि बैंकले कालो सुचीमा राखेको ग्राहकलाई कर कार्यालयले पनि कालो सुचिमा राख्ने ब्यवस्था गर्नु पर्ने तथा अनुसुची १३ मा देखाइएको बक्यौतालाई आधिकारीक मानी कानुनी प्रक्रीयामा जान मिल्ने गरी कार्यबिधी तयार गर्नु पर्ने लगायत माग नाडाले राखेको छ ।

चालुपुँजी कर्जा मार्ग दर्शन २०७९ का सम्बन्धमा चालुपुँजी कर्जा मार्ग दर्शन लागु भएको मितिभन्दा अगाडी कर्जा लिएका हरुलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मितिपछी कर्जा लिएका हरुलाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुने गरी कार्यान्वयनमा ल्याउन सकिए सम्पूर्ण समस्याको समाधान हुने नाडाको धारणा छ ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल राष्ट्र बैंकले नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरिदिनु पर्ने बताए । यसैगरी, महासचिव सुरेन्द्र कुमार उप्रेतीले सीमा क्षेत्रमा कडाई गर्नुपने भनाई राख्दै नेपाल मै उत्पादन हुने सवै किसिमका अटोमोवाइल, स्पेयर पार्टस्, व्याट्री, लुब्रिकेन्टस् तथा टायरहरु निर्यात गर्दा अन्य निर्यात बस्तु हरुले पाउने सरहको छुट पाउने व्यवस्था गर्न आग्रह गरे । साथै उनले नेपालमा उत्पादित व्याट्री तथा टायरहरुलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह ‘एनएस’ पाउने व्यवस्था मिलाउन अनुरोध गरे ।

छलफलको अन्त्यमा अर्थमन्त्री पौडेलले नाडाको तर्फबाट राखिएका नीतिगत सुझावहरु प्रति जिज्ञासा र चासो राख्दै ती सुझावहरुका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताए । उक्त छलफलमा नाडाका निबर्तमान अध्यक्ष धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

नाडा प्रतिनिधि मण्डलले भेटे नवनियुक्त अर्थमन्त्री, के भयो छलफल ?

नाडा प्रतिनिधि मण्डलले भेटे नवनियुक्त अर्थमन्त्री, के भयो छलफल ?

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष करण चौधरीको...

विजुली होइन, विद्युतीय सामग्री निर्यात गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ

विजुली होइन, विद्युतीय सामग्री निर्यात गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ

काठमाडौं – नेपालले वार्षिक तीन खर्बको पेट्रोलियम पर्दाथ आयात गर्दा...

अर्थमन्त्रीसँग नाडा : सवारी किन्नका लागि बैंकबाट ऋण लिने व्यस्था सहज बनाउन माग

अर्थमन्त्रीसँग नाडा : सवारी किन्नका लागि बैंकबाट ऋण लिने व्यस्था सहज बनाउन माग

काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गाडी किन्नका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...