विद्युतिय सवारीसाधनका लागि छुट्टै बिमा निति बन्ने, नाडा र बिमा प्राधिकरणविच छलफल
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अब महासंघमा रुपान्तरण हुने भएको छ ।
हिजो सम्पन्न नाडा अटो शो २०२५ को सन्दर्भमा समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको २१औं बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपाल (Federation of NADA Automobiles Nepal) मा रूपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारण सभा भाद्र २४ गते आह्वान गर्ने घोषणा गरेको छ । यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको नाडाले जनाएको छ।
सांगठनिक सोच राखेर २०३२ सालको असोज १० गते स्व. तोलाराम दुगडको अध्यक्षतामा संस्था स्थापना भएको थियो। २०३२ फागुन ६ गते ‘नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन’को नाममा उक्त संस्था काठमाडौं जिल्ला प्रशासन कार्यलयमा विधिवत दर्ता भयो।
जुन संस्था हाल आएर व्यवसायिक हकहितको आवाज उठाउने बलियो संस्थाको रुपमा विकसित भइसकेको छ। त्यतिमात्र होइन हाल नाडा राजस्वमा ठूलो योगदान पुर्याउने संस्थाका रुपमासमेत स्थापित भइसकेको छ। नाडा नेपाल उद्योग वाणिज्य महासंघको शक्तिशाली वस्तुगत संस्थासमेत हो।
२०३४ सालमा संघसंस्था दर्ता ऐन लागु भएपछि नाडा पनि त्यही अन्तर्गत दर्ता भयो। काठमाडौंबाट सुरु भएको नाडाले यी चार दशकमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो पहिचान बनाइसकेको छ। यसबीच नाडाले देशको संघीय संरचनाअनुसार नै आफ्नो क्षेत्र ७ वटै प्रदेशमा विस्तार गरिसकेको छ।
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु...
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले पुस ९ गते हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...