असोज ६ देखी ९ गतेसम्म इभी एक्सपो आयोजना हुने

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलोपटक इभी एक्सपो आयोजना गर्ने भएको छ । नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ आयोजना गर्ने निर्णय गरेको हो ।

एक्सपो असोज ६ देखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा हुनेछ । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले यसअघि तय गरेको वृहत अटो शोलाई स्थगित गरेर इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।

इभी एक्सपोमा सहभागी हुन इच्छुक कम्पनी एवं व्रान्डले भाद्र १ देखि ५ गतेसम्म स्टल बुकिङ्क गर्न सक्ने व्यवस्था मिलाइएको अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो आयोजना गर्दै आइरहेकोमा कोरोना महामारीका कारण अघिल्ला २ वटा शो आयोजना हुन सकेको थिएन ।

यसैगरी यसपटक इलेक्ट्रिक र कमर्सियल भेइकल वाहेक अन्य वाइक र प्यासेन्जर कारमा प्रतिवन्ध लम्विएपछि अन्तिम समयमा आएर घोषित एक्सपो स्थिगित गर्नुपरेको थियो ।

सम्बन्धित समाचारहरू

शेखर गोल्छा पक्राउप्रति नाडाको ध्यानाकर्षण, भन्यो–लगानीकर्ताको आत्मविश्वास घटाउँछ

शेखर गोल्छा पक्राउप्रति नाडाको ध्यानाकर्षण, भन्यो–लगानीकर्ताको आत्मविश्वास घटाउँछ

काठमाडौं–नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा) ले आफ्ना पूर्वअध्यक्ष...

नाडा महासचिव उप्रेती भन्छन् – अन्तर्राष्ट्रिय गुणस्तरका स्पेयर पार्ट्स स्वदेशमै उत्पादन गर्न सक्षम छौ

नाडा महासचिव उप्रेती भन्छन् – अन्तर्राष्ट्रिय गुणस्तरका स्पेयर पार्ट्स स्वदेशमै उत्पादन गर्न सक्षम छौ

नेपालमा स्पेयर पार्ट्सको बजार निकै ठूलो छ । सवारी साधनको मर्मत सम्भारमा...

७ महिनादेखी लाग्दै आएको आयत प्रतिवन्ध हट्यो, अटो व्यवसायीको आन्दोलन कार्यक्रम यथावत

७ महिनादेखी लाग्दै आएको आयत प्रतिवन्ध हट्यो, अटो व्यवसायीको आन्दोलन कार्यक्रम यथावत

सरकारले विगत ७ महिनायता लगाउँदै आएको आयत प्रतिवन्ध पुष १ गतेबाट हट्ने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...