उपभोक्ता संरक्षण विभागका महानिर्देशकसंग नाडा प्रतिनिधी मण्डलको छलफल

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एक प्रतिनिधी मण्डलले वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकसंग वस्तुमा लेवल राख्ने सम्बन्धमा छलफल गरेको छ । चैत्र २२ गते, नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएका उनीहरुले विभागका महानिर्देशक केदार दाहालसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेका हुन् ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले विभागले मितिः२०८१/१२/१४ मा वस्तुमा लेवल राख्ने सम्बन्धमा प्रकाशित गरेको सूचनाका सम्बन्धमा जिज्ञासा राखेका थिए । साथै उनले सो सूचनामा राखिएको प्रावधानहरुमा केही अस्पष्टता रहेकोले त्यसको स्पष्टताको लागि आग्रह समेत गरे ।

सवारी साधनहरुको अधिकतम मूल्यसूचि प्रकाशनबारे स्पष्ट नीति आवश्यक भएको, स्पेयर पाट्र्समा अधिकतम मूल्य सूचि राख्ने तरिका क्यूआर कोडको माध्यमबाट मूल्य निर्धारण गर्ने कि अन्य कुनै तरिका अपनाउने भन्नेबारेमा प्रष्टता हुनु पर्ने, ब्ल्कमा आउने गाडीहरूमा अधिकतम मूल्यसूचि लागू गर्ने कि नगर्ने भन्ने विषयमा कानुनी स्पष्टता हुनु पर्ने, स्पेयर पाट्र्समा अधिकतम मूल्यसूचि अनलाइन वा अफलाइन कस्तो ढाँचामा राख्ने, डिजिटल तथा गैरडिजिटल माध्यमबाट मूल्य सूचिलाई कसरी पारदर्र्शी बनाउने, स्पेयर पार्टसमा आउने नट वोल्टहरुमा अधिकतम मूल्यसूचि के– कसरी लगाउने भन्ने विषयहरुमा स्पष्टता हुनु पर्ने धारणा अध्यक्ष चौधरीले राखे

सोहिक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले पनि यस विषयमा थप स्पष्टता आवश्यक रहेको बताउदै डिजिटल माध्यमबाट स्पेयर पाट्र्सको मूल्य निर्धारण गर्न क्यूआर कोडको प्रभावकारी प्रयोग गर्न सकिने धारणा धारणा राखे ।

सो भेटघाट तथा छलफलमा वाणिज्य विभागका महानिर्देशक दहालले भौतिक वस्तु वा कमोडिटीहरूको अधिकतम मूल्य सूचि प्रकाशित गर्ने अवधारणा पुरानो भएपनि यस प्रक्रियालाई अहिलेको सन्दर्भमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । ‘अधिकतम मूल्य सूचिलाई पारदर्शी बनाउन अधिकतम मूल्य सूचि स्पष्ट देखिने गरी टाँस्नु पर्ने हुन्छ । डिजिटल र ननडिजिटल अधिकतम मूल्य सूचिलाई क्यूआर कोडमार्फत प्रभावकारी कार्यान्वयन गरेर अनलाइन माध्यममा ल्याउन पनि सकिन्छ । यस विषयमा सबै सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याउनुपर्छ’ उनले भने ।

उक्त छलफलमा नाडाका निबर्तमान अध्यक्ष धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्यसमिति सदस्य द्धय दिपेन्द्र मिश्रा, प्रकाशकपुरी, सोहनश्रेष्ठ, मेघराज पौडेल, प्रदिपमान प्रधान र आमन्त्रित सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा अब एमजी साइबरस्टर हेर्न नपाइने, भयो सोल्ड आउट

नाडा अटो शोमा अब एमजी साइबरस्टर हेर्न नपाइने, भयो सोल्ड आउट

काठमाडौं – नाडा अटो शो २०२४ मा प्रदर्शन गरिएको एमजी साइबरस्टर सोल्ड आउट...

स्काइवेल सहित यी ४ ब्राण्डले पाए नाडा अटो शो–२०२४ को प्रिमियम स्टल

स्काइवेल सहित यी ४ ब्राण्डले पाए नाडा अटो शो–२०२४ को प्रिमियम स्टल

काठमाडौं– नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले अटो शो–२०२४ मा सहभागी हुने...

नाडा उपाध्यक्ष ओझा कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी

नाडा उपाध्यक्ष ओझा कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी पुष्करराज ओझा विजयी भएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...