नाडा अटो शोमा दिपलको उड्ने कार र रोबोट अवलोकन गर्न पाइने
भदौ ३ गतेदेखी सुरु हुने नाडा अटो शोमा उड्ने कार र रोबोट देख्न पाइने भएको छ ।...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मूल्य अभिवृद्धि कर (भ्याट) विवरण बुझाउने समय थप्न सरकारसँग माग गरेको छ ।
एसोसिएसनको सोमबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । उनले निषेधाज्ञा जारी रहँदासम्म भ्याट बुझाउनसक्ने परिस्थित व्यवसायीहरूको नरहेको भन्दै निषेधाज्ञा सकिएपछि मात्रै भ्याट विवरण बुझाउन सकिने बताए ।
साथै, नाडाले आफूहरूसँग अक्सिजनका सिलिण्डर मौज्दात रहे नजिकको अस्पताल तथा अक्सिजन उद्योगमा बुझाउन पनि आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ । बजारमा अक्सिजनको अभाव भइरहेकोले सहयोग र राहतका लागि सदस्यहरूलाई यस्तो आग्रह गरिएको हो ।
नाडाको विज्ञप्तिमा भनिएको छ, ‘हाल नयाँ भेरिएन्टको कोरोना बढदो क्रममा रहेको सन्दर्भमा आम जनताको सुरक्षाको लागि सरकारले राजधानीमा निषेधाज्ञा लागू गरेकोले व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको र स्वास्थ्य रक्षाको दृष्ट्रिकोणले पनि व्यवसायीहरु आफनो कार्यालयमा जान सक्ने अवस्था पनि नरहेकोले यही २०७८ साल बैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका लागि सरकारसँग हार्दिक अनुरोध गर्दछौं ।’
भदौ ३ गतेदेखी सुरु हुने नाडा अटो शोमा उड्ने कार र रोबोट देख्न पाइने भएको छ ।...
काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १००...
नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...