नाडा र परिसंघ बीच सम्बन्ध विस्तार वारे छलफल, नवनिर्वाचित अध्यक्ष अग्रवाललाई शुभकामना

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्सिय नाडा प्रतिनिधि मण्डलले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई भेट गरको छ । सो अवसरमा नाडा प्रतिनिधि मण्डलले अग्रवाललाई आफनो कार्यकालको सफलताको शुभकामना दिदै द्विपक्षीय सम्बन्ध विस्तारका सम्बन्धमा विस्तृत छलफल गरेकोे नाडाले जनाएको छ ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले दुई संस्थाहरु बीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको निजी क्षेत्रको सवालमा ऐक्यबद्ध भएर अघि बढ्ने र अन्य सम्भाव्य क्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढनु पर्ने बताए । सो छलफलमा अध्यक्ष दुलालले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरिय एसोसिएसनहरु स्थापना गरिसकेको र नेपालमा अटोमोबाइल उद्योगहरु समेत खोल्न शुरुवात समेत भइसकेको बताए ।

त्यसैगरी सो भेटघाटमा उपाध्यक्ष करण चौधरीले नाडामा धेरै रुपान्तरण भइसकेको र त्यही अनुसार सदस्य संख्यामा पनि उल्लेख्य रुपमा वृद्धि भएको भन्दै निजी क्षेत्रको सवालमा नेपाल उद्योग परिसंघसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।

सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले निजी क्षेत्रका साझा सवालहरुमा सहकार्य गरेर अघि बढ्ने बताए । सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले दुई संस्थाबीच पारस्परिक सहयोगको वातावरण बनाउनु पर्ने धारणा राखे ।

त्यसैगरी सो छलफलमा केन्द्रीय कार्यसमिति सदस्य तथा विद्युतीय सवारी साधन समितिका सभापति धु्रव थापाले परिसंघसँग हातेमालो गरेर अघि बढ्नु पर्ने धारणा राख्दै विद्युतीय सवारी साधनको व्यवसायमा देखा परेका विविध समस्याहरु बारे पनि विचार विमर्श गरे ।

सो छलफलमा परिसंघका अध्यक्ष विष्णृुकुमार अग्रवालले ७ सदस्सिय नाडा प्रतिनिधिमण्डललाई आफ्नो कार्यकक्षमा स्वागत गर्दे नाडासँग पहिलो भेटघाट भएकोमा खुसी व्यक्त गरे । सो भेटघाटमा उनले पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकाश रुपमा अटोमोबाइलमा नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोबाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए ।

उनले नेपाल उद्योग परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारको लागि पहल गरिरहेको र यसबाट पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने बताउदै उद्योग स्थापनाका लागि सरकारका तर्फबाट गरिनु पर्ने सहयोगका सम्बन्धमा समेत चर्चा गरे ।

सो छलफलमा परिसंघका उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगहरुको विस्तारका लागि कसरी अघि बढ्ने भन्ने विषयमा पहल भइरहेको बताए ।

सो छलफलमा नाडाका सहकोषाध्यक्ष विक्रम सिंघानिया, केन्द्रीय कार्यसमिति सदस्य मिलनबाबु मल्ल तथा सुभाशिस थपलिया समेतको उपस्थिति रहेकोे थियो ।

सम्बन्धित समाचारहरू

नाडा अध्यक्ष प्रत्यासी धुब्र थापाले घोषणा गरे आफ्नो प्यानल, व्यवसायीसँग अन्तरक्रिया गर्दै

नाडा अध्यक्ष प्रत्यासी धुब्र थापाले घोषणा गरे आफ्नो प्यानल, व्यवसायीसँग अन्तरक्रिया गर्दै

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको...

नाडा अटो शो २०२५ : पिकअप, ईभी भ्यान र युनिट्री ह्युमनोइड रोबोट अनुभव गराउँदै फोटोन

नाडा अटो शो २०२५ : पिकअप, ईभी भ्यान र युनिट्री ह्युमनोइड रोबोट अनुभव गराउँदै फोटोन

काठमाडौं – फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति...

अटो शोमा नयाँ स्विफ्ट सार्बजनिक हुने, यस्ता छन् विशेषता

अटो शोमा नयाँ स्विफ्ट सार्बजनिक हुने, यस्ता छन् विशेषता

काठमाडौं–सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटो कर्पले नाडा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...