निर्बाचन सम्वन्धी सुचनामा अध्यक्षका उम्मेद्धार धुब्र थापाले जनाए आपत्ती, अध्यक्ष दुलाल भन्छन् ‘सुचना बिधान र नियमावली अनुरुप नै जारी गरिएको हो’

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले हिजो जारी गरेको निर्बाचन सम्बन्धी सुचनामा अध्यक्षका उम्मेद्धार धुब्र थापाले आपत्ति जनाएका छन् । नाडाको बिधान र निर्बाचन नियमावलीमा समेत उल्लखे नभएको निर्बाचन प्रतिनिधी मनोनयन दर्ता सम्बन्धी ब्यवस्थामा नाडाले एकतर्फी सुचना जारी गरेको भन्दै थापाले आपत्ती जनाएका हुन् । यस्तो ब्यवस्थाले आफ्नो पक्षमा बन्दै गएको चुनाबी माहोलमा ठूलो धक्का पुग्ने उनको बुझाई छ ।

आफ्नो माहोलमा चुनाबी बाताबरण बन्दै गएको देखेपछि आफू बिरुद्ध नियतपूर्बक षडयन्त्र शुरु भएको भन्दै उनले नाडाको बर्तमान नेतृत्वमाथी गम्भीर आरोप समेत लगाएका छन् । जारी सुचानामा आपत्ती जनाउँदै उनले भनेका छन ‘नाडाबाट हिजो जारी भएको सुचना प्रती हाम्रो गम्भिर ध्यनाकर्षण भएको छ । केही दिन यता देशभरीका ब्यवसायी मतदाताहरु सचेत हुँदै पहिले बुझाएको प्रतिनिधि मनोनयन फिर्ता गरेर स्वय उपस्थित भइ हाम्रो समुहलाइ मतदान गर्ने संभावना बढेसंगै सो रोक्नका लागि यो बदनियतपुर्ण सुचना जारी भएको प्रष्ट देखिन्छ । यो सुचनाले मोफसलमा रहेका नाडाका ब्यवसायी मतदाताहरुको आफै उपस्थित भै मतदान गर्ने अधिकारलाई कुठिंत पारिएको छ भने नाडाको बिधान तथा निर्वाचन नियमावलीको समेत बिपरित छ ।

कुनै कम्पनीले मतदान गर्नको लागि कुनै ब्यक्तिलाई प्रतिनिधि तोकि पठाउन सक्छ भने सो कम्पनीले उक्त प्रतिनिधि परिबर्तन गरि अर्को पठाउने वा हटाउने अधिकार पनि रहेको हुन्छ तर नाडाले जारी सुचनामा सो गर्न बन्देज लगाइएको तथा आफैं उपस्थित भै मतदान गर्ने हकमा समेत परिबर्तन गर्नु पर्दा नाडा कार्यलयमा स्वयं उपस्थित हुनुपर्ने लगायतका बिधान तथा निर्वाचन नियमावलीमा भन्दा बाहिरका कुराहरु उल्लेख गरि अनेक प्रकारका नियमहरु आफैं बनाइ निष्पक्ष निर्वाचनलाई प्रभावित पार्ने प्रयास थालीएको बुझिन्छ साथै केही दिन यतादेखि नाडा सचिवालयका कर्माचारीहरुलाइ समेत निष्पक्ष ढंगबाट काम गर्न नदिइ उनिहरुलाई डर, धाक र धम्की दिई फर्जी (नक्कली) प्रतिनीधि पत्र दर्ता गर्न समेत लगाउने गरिएको बुझिन आएको छ । यस्ता निष्पक्ष निर्वाचनलाई प्रभावित पार्ने अबान्छित गतिबिधी तत्काल रोक्नको लागि नाडाको बर्तमान नेतृत्वलाई सचेत गराउन चाहन्छु ।’

यस बिषयमा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालसंग प्रतिक्रिया लिँदा उनले आफूहरुले नाडाको बिधान र निर्बाचन नियमावली अनुरुप नै सूचना जारी गरेको जिकिर गरे । नाडामा आफूले कुनै पनि उम्मेद्धारको पक्ष वा बिपक्षमा नलागी बिधान र नियमावलीमा जे छ सोही बमोजिम निर्णय लिएको हुँदा यस्ता बिषयमा बिबाद गर्नुको कुनै अर्थ नरहने उनको भनाई छ ।

सम्बन्धित समाचारहरू

मंसिर २२ गते हुने नाडाको वार्षिक साधारण सभामा प्रमुख अतिथि बन्न अर्थमन्त्रीलाई आग्रह

मंसिर २२ गते हुने नाडाको वार्षिक साधारण सभामा प्रमुख अतिथि बन्न अर्थमन्त्रीलाई आग्रह

काठमाडौं – नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदस्यिय...

मौद्रिक नीतिले ईभी प्रयोगमा कमी ल्याउने बताउँदै पुरानै व्यवस्था कायम गर्न नाडाको माग

मौद्रिक नीतिले ईभी प्रयोगमा कमी ल्याउने बताउँदै पुरानै व्यवस्था कायम गर्न नाडाको माग

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिका कारण...

‘वाडा अटो शो’को पूर्व सन्ध्यामा पोखरा मोटर र्याली सम्पन्न

‘वाडा अटो शो’को पूर्व सन्ध्यामा पोखरा मोटर र्याली सम्पन्न

पोखरा – पोखरामा ‘पाेखरा मोटर र्याली’ सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...