‘नाडा अटो शो’ २०२३ को लागि बुकिङ्ग खुल्ला, एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने

काठमाडौँ - नाडा अटोमोबाइल्स एसोसिएसनले भाद्र २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला गरेको छ ।

नाडाको आयोजनामा हरेक वर्षको दशैंअघि आयोजना हुँदै आएको प्रदर्शनी कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा आयोजना हुन सकेन । त्यस्तै सन् २०२२ पनि सरकारले सवारी साधनको आयातमाथि प्रतिबन्ध लगाएपछि विद्युतीय सवारीको मात्रै प्रदर्शनी गरिएको थियो ।

“यस पटकको नाडा अटो शोमा विद्युतीयसहित पेट्रोलियम चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्ट्स, टायरट्यूव, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्टस् एवम् ग्यारेज उपकरण समेत राखिने छ” नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्था समेतको सहभागिता रहने छ ।”

करिब ४ वर्षपछि हुन लागेको वृहत प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अनुमान छ ।

कोभिडको दिर्घकालिन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिवन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरूले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसायमा, हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भईरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत बर्षहरूमा सम्पन्न प्रदर्शनीहरू भन्दा थप बृहत र भव्य हुने अपेक्षा रहेको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताए ।

सम्बन्धित समाचारहरू

सवारी साधनलाई विलाशीताको वर्गीकरणबाट हटाउन नाडा प्रतिनिधी मण्डलको अर्थमन्त्रीलाई आग्रह

सवारी साधनलाई विलाशीताको वर्गीकरणबाट हटाउन नाडा प्रतिनिधी मण्डलको अर्थमन्त्रीलाई आग्रह

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...

प्रादेशिक एसोसिएसनहरुसँग नाडाले ग-यो अन्तर्क्रिया, अटो व्यवसायीका समस्या समाधानबारे छलफल

प्रादेशिक एसोसिएसनहरुसँग नाडाले ग-यो अन्तर्क्रिया, अटो व्यवसायीका समस्या समाधानबारे छलफल

अटोमोबाइल व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल...

प्रधानमन्त्रीसँग नाडा प्रतिनिधिमण्डलको भेटघाट सम्पन्न, व्यवसायलाई पुनः गतिशील बनाउन आग्रह

प्रधानमन्त्रीसँग नाडा प्रतिनिधिमण्डलको भेटघाट सम्पन्न, व्यवसायलाई पुनः गतिशील बनाउन आग्रह

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका उपाध्यक्ष करण चौधरीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...