नाडा अटो शो अनिश्चित, अध्यक्ष भन्छन् – भदौ अन्तिम सम्म गर्ने प्रयास हुनेछ

काठमाडौं – सवारी साधनको कुम्भ मेलाको रुपमा परिचित नाडा अटो शो यो वर्ष भदौ अन्त्य सम्मा गर्ने वारेमा छलफल हुनेछ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले वर्तमान परिस्थितिलाई मध्यनजर गरी निषेधाज्ञा खुले पछि यसको वारेमा छलफल गरिने बताए ।

दुलालका अनुसार कोभिड–१९ संक्रमणमा कमी आउदै गरेमा भदौमा गर्न सकिन्छ कि भन्ने वारेमा छलफल हुनेछ । यदि सम्भव नभएमा मंसिर सम्ममा गर्ने तयारी पनि हुनेछ । दुलाल भन्छन्, ‘सरकारले मंसिरमा निर्वाचन पनि गराउने भयो र खोप पनि सबै जनतालाई उपलब्ध गराउने व्यवस्था ग¥यो भने मंसिरमा अटो शो हुने सम्भावना रहन्छ ।’

यदि त्यो पनि सम्भव नभएमा यो वर्षभर चैत महिना सम्म कुनै पनि समयमा अटो शो गर्न सकिने दुलालले बताए । नाडा यो वर्ष अटो शो गर्नका लागि प्रतिवद्ध भएको दुलालको भनाइ छ ।

२०३२ सालमा स्थापना भएको नाडाले सन् १९९८ देखि आयोजना गर्दै आएको नाडा अटो शोले धेरैको ध्यान तान्ने गरेको छ । पहिले दुई दुई वर्षमा हुने गरेको नाडा अटो शो करिव १० वर्ष पहिले देखि प्रत्येक वर्ष हुँदै आएकोमा कोभिड–१९ को कारण गत वर्ष सम्पन्न हुन सकेन भने यो वर्ष पनि अनिश्चित बनेको छ ।

सम्बन्धित समाचारहरू

दुर्घटना कम गर्न  ६ महिनामा गाडीको नवीकरण : गण्डकी प्रदेश सरकार

दुर्घटना कम गर्न ६ महिनामा गाडीको नवीकरण : गण्डकी प्रदेश सरकार

गण्डकी सरकारले दुर्घटना न्यूनीकरणका लागि गाडीको जाँचपास प्रत्येक ६...

नाडा ईभी एक्सपोको अवसरमा नाडा ईभी चौतारी सेमिनार समेत आयोजना हुने

नाडा ईभी एक्सपोको अवसरमा नाडा ईभी चौतारी सेमिनार समेत आयोजना हुने

काठमाडौं – आगामी असोज ६ देखि ९ सम्म आयोजना हुने नाडा ईभी एक्सपोको अवसरमा...

नाडाको नयाँ कार्यसमितीको सपथ ग्रहणका लागि कानुनी बाटो खुल्यो, अदालतद्वारा रिट खारेज

नाडाको नयाँ कार्यसमितीको सपथ ग्रहणका लागि कानुनी बाटो खुल्यो, अदालतद्वारा रिट खारेज

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को विवाद अदालतले टुंगो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...