प्रधानमन्त्री शाहको भारत भ्रमणमा नाडा अध्यक्ष उप्रेती पनि सहभागी हुने
काठमाडौं – आगामी मंसिर ६ र ७ मा हुन गइरहेको प्रधानमन्त्री बालेन्द्र शाहको...
काठमाडौं – कोरोना भाइरस संक्रमणको कारण रोकिदै आएको अटोमोबाइल कुम्भ मेला नाडा अटो शो आगामी फागुन ९ देखि १४ अर्थात फेब्रुअरी २१ देखि २६ तारिख सम्म हुने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रत्यके वर्ष भदौं असोज महिनामा गर्दै आएको अटो शो यो वर्ष र गत वर्ष हुन सकेको छैन । ‘स्थिति सामान्य भइरहे हामीले आगामी फागुन ९ देखि १४ गते सम्म नाडा अटो शो आयोजना गर्ने निर्णय गरेका छौ ।’ नाडाका महासचिव सुनिल रिजालले भने । उनका अनुसार अन्य दिनमा भृकुटीमण्डप प्रदर्शनी स्थल बुकिङ भइसकेको र नाडाले त्यही समयका लागि स्थान बुकिङ गरेको छ ।
नयाँ सवारी साधन नेपाली बजारमा ल्याउने र अवलोकनकर्ताहरुले एकै स्थानमा धेरै सवारी साधनको अनुभव लिन सकिने स्थलको रुपमा नाडा अटो शोले पहिचान कायम गरेको छ ।
नाडाले आगामी मंसिर महिनामा वार्षिक साधारण सभा तथा अधिवेशनमार्फत नयाँ कार्यसमिति समेत चयन गर्ने तयारी गरेको छ । यस अनुसार नाडा अटो शो पनि नयाँ कार्यसमितिले सम्पन्न गर्नेछ ।
हाल कृष्णप्रसाद दुलालको अध्यक्षतामा रहेको कार्यसमिति क्रियाशील छ । नयाँ कार्यसमितिको अध्यक्षका लागि पहिले नै करण चौधरी र ध्रुवबहादुर थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...