फागुन ९ देखि हुने भनिएको अटो शो रद्द, अब पहिलेकै समयमा हुने

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी फागुन ९ देखि आयोजना गर्ने भनिएको अटो शो रद्द गरेको छ । फागुनमा अटो शो गर्ने भनेर स्टल बुकिङ समेत खुल्ला गरेको नाडाले हिजो कार्यसमितिको बैठक राखेर उक्त निर्णय लिएको हो । यस अघि आगामी फागुन ९ देखि १४ सम्म अटो शो आयोजना गर्ने तयारी भएको थियो ।

फागुनमा अटो शो गरेर फेरि अर्को बर्षको भदौ महिनामा आयोजना गर्ने नाडाले योजना बनाएको थियो । तर यति छोटो समय अवधिभित्रै २/२ वटा शो आयोजना गर्दा खासै प्रभवाकारी नहुने भन्दै अधिकांश सवारी बिक्रेता व्यवसायीले सहभागिता जनाउन इच्छा नदेखाएपछि नाडा उक्त निर्णयबाट पछि हटेको हो ।

अर्को अटो शो यसअघि आयोजना हुँदै आएको समय अर्थात अर्को बर्षको भदौ महिना आसपासमै आयोजना गर्ने निर्णय हिजो बसेको कार्यसमिति बैठकले लिएको महासचिब सुनिल रिजालले जानकारी गराए ।

हरेक बर्ष फेस्टिभल सिजनको छेको पारेर नाडाले अटो शो आयोजना गर्दे आइरहेको थियो । तर कोरोना महामारीका कारण विगत २ बर्षदेखि उक्त शो आयोजना हुन सकिरहेको छैन ।

फाइल तस्बिर

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...