भाद्र ३ देखि ८ गते सम्म नाडा अटो शो २०२५ हुने, खुल्यो रजिष्ट्रेशन

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आगामी २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गरिने भएको छ ।

काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही २०८१ फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएकोे नाडाले एक विज्ञप्तिमार्फत जानकारी सार्वजनिक गरेको छ ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्यधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने बताइएको छ ।

प्रदर्शनीमा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरु लगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूह अनुसार छुट्याएएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोबाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत वर्षहरुको तुलनामा यस वर्ष छिट्टै रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जनाएको छ ।

अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पु-याउदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नवीनतम प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएकोे नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालले बताए ।

सम्बन्धित समाचारहरू

नाडा र नाडाका संस्थागत एसोसिएसन बिच वृहत अन्तर्क्रिया सम्पन्न

नाडा र नाडाका संस्थागत एसोसिएसन बिच वृहत अन्तर्क्रिया सम्पन्न

काठमाडौं – अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोबाइल्स...

नाडाले आज ‘अटो डायलग’ गर्दै, विभिन्न क्षेत्रका विज्ञ सहित अटो व्यवसायी सहभागी हुने

नाडाले आज ‘अटो डायलग’ गर्दै, विभिन्न क्षेत्रका विज्ञ सहित अटो व्यवसायी सहभागी हुने

काठमाडौं–अटोमोबाइल व्यवसायीहरुको साझा संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ...

नाडाद्वारा ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण

नाडाद्वारा ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...