स्कोडाले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार प्रस्तुत गर्ने
स्कोडा अटोले आज नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ ।...
काठमाडौं – हिजो सम्पन्न नाडा अटो शो २०२५ मा स्काईवेल ईभी १३१ युनिट बुकिङ भएको बताइएको छ । नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्सले धेरै रेन्ज र फिचरमा उपलब्ध स्काईवेल ईभी यति धेरै संख्यामा बुकिङ भएको अवसरमा खुसीयाली समेत मनाएको तस्बिर सार्वजनिक गरेको छ ।
नाडा अटो शो २०२५ को अवसरमा स्काईवेल ईभीमा जी मोटर्सले ग्रान्ड स्किम लन्च गरेको थियो । सो अनुसार अटो शोमा स्काईवेल ईभी बुकिङ गर्ने ग्राहकको एक जोडी र दुई बालबालिकाका लागि युरोप टुरको अफर ल्याएको थियो । त्यसैगरी प्रत्येक बुकिङ वापत डायमन्ड नेकलेस पाइने छ भने एक जना लक्की ग्राहकले रोलेक्स घडी पाउने छन् ।
स्काईवेलसँग पुरानो गाडी साट्न चाहने ग्राहकका लागि समेत स्पेसल एक्सचेन्ज बोनस ल्याएको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा उपलब्ध स्काईवेलको ईटी५ लङ रेन्ज भेरिएन्ट हो, जसको विक्री मूल्य १ करोड १५ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, बीई११ को मूल्य ७९ लाख ९० हजार र ८९लाख ९० हजार पर्छ । बीई ११ ४१० र ५२० किलोमिटर रेन्जमा उपलब्ध छ । स्काईवेलका यी दुवै मोडल फुल साइज एसयूभी हुन् ।
चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अष्ट्रेलिया, मिडल इस्ट, रसिया सहित एसियामा समेत आफ्नो बलियो बजार साख सिर्जना गरिसकेको छ ı स्काईवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काईवर्थको ब्रान्ड हो ।
स्कोडा अटोले आज नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ ।...
पोखरा – नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...
काठमाडौं – नेपालमा सबैभन्दा कम मूल्यको ईभी मध्ये एक बीएडब्लु ब्रम्बी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...