नाडा अध्यक्ष दुलाल भन्छन् – साधारण सभा समयमै हुन्छ, संस्थापन पक्ष कसैको पक्ष र विपक्षमा लाग्दैन

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा नयाँ नेतृत्वका लागि रस्साकस्सी शुरु भएको छ । अध्यक्ष पदका लागि हालसम्म २ जना व्यवसायीले औपचारिक रुपमा दाबेदारी प्रस्तुत समेत गरिसकेका छन् ।

सुजुकी गाडीको नेपालका लागि आधिकारिक बितरक सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र पोखराका व्यवसायी धुब्र थापाले आगामी नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका हुन् । चौधरी हालको कार्यसमितिमा उपाध्यक्ष छन् भने थापा यसअघिको कार्यसमितिमा उपाध्यक्ष भैसकेका ब्यक्ति हुन् ।

अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत हुन थालेपछि विगतमा झै यसपाली पनि नेतृत्व चयन प्रतिस्पर्धात्मक बन्ने देखिएको छ । यसैमाझ अहिले व्यवसायीलाई नाडाको चुनावी माहोलले छोइसकेको छ । अध्यक्षमा २ जना आकांक्षी देखिएका कारण उनीहरुबीच छुट्टाछुट्टै गठबन्धन बन्ने देखिएको छ । गठबन्धनमा जो बलियो भयो उसैले चुनाव जित्ने विगतका अभ्यासहरुले देखाएका कारण यसपाली पनि बलियो गठबन्धनले नै नेतृत्व हात पार्ने निश्चित प्रायः बनेको हो ।

विगतको अभ्यासलाई हेर्ने हो भने गठबन्धनमा संस्थापन अर्थात हालको कार्यसमितिले जसलाई सहयोग गर्छ उसैले नेतृत्व हात पार्ने देखिँदै आएको छ । यसैमाझ नाडामा हालका अध्यक्ष कृष्णप्रसाद दुलाल यसपाली संस्थापन पक्षले कसैको पक्ष र बिपक्षमा वकालन नगर्ने बताउँछन् । उनी भन्छन, ‘अहिले दाबेदारी प्रस्तुत गरेका दुबै जना नाडाको कार्यसमितिमा लामो सयमदेखि लाग्दै आउनुभएका अनुभवी उम्मेदवार हुनुहन्छ । नेतृत्वका लागि उहाँहरु दुबैजना सक्षम समेत देखिनुहुन्छ । यस्तो परिस्थितिमा हामीले कसैको पक्ष र बिपक्षमा वकालत गर्नु उचित हुँदैन । यो अधिवेशनमा हाम्रो भूमिका तटस्थ रहन्छ ।’ यद्यपि अध्यक्ष लगायत अन्य पदाधिकारीमा समेत महत्वाकांक्षीहरु धेरै हुने हुँदा हालको कार्यसमितिमा रहेका पदाधिकारीहरु भने दुबै गठबन्धनमा बाँडिन सक्ने उनको भनाइ छ । कोरोना महामारीका बाबजुद आफू नेतृत्वको नाडाले प्रशस्तै कामहरु गरेको दुलालले दाबी गरे ।

‘मेरो नेतृत्वमा नाडाले ऐतिहासिक काम गरेको छ । कोरोना महामारीका कारण नाडा अटो शो जस्ता व्यावसायिक काम गर्न नसकिए पनि नीतिगत कुराहरुमा धेरै काम भएका छन् । बजेटमा हाम्रा मागहरु समेट्न सफल भएका छौ । नाडाको संगठन ७ वटै प्रदेशमा विस्तार गर्न सफल भएका छौ’ उनले भने । विषम परिस्थितिका बाबजुद नाडामा आफ्नो नेतृत्व सफल भएको उनको भनाइ छ ।

विगतमा केही अध्यक्षहरुले दोस्रो कार्यकालका लागि समेत दाबेदारी प्रस्तुत गर्ने गरेको प्रसंगमा उनले भने, ‘विगतमा जे जस्तो भएपनि म दोस्रो कार्यकालका लागि दाबेदारी प्रस्तुत गर्ने पक्षमा छैन । एउटै अध्यक्षले दुई कार्यकाल दोहो-याउने विषय नाडाको विधानमा नभएका कारण विधान विपरितको बाटोमा कसैले पनि हिड्नु हुँदैन भन्ने मेरो मान्यता हो । त्यसैले समयमै साधारणसभा र अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका लागि जिम्मेवारी सुम्पने मेरो योजना छ ।’ नेतृत्व चयनलाई सकेसम्म सर्वसम्मत गराउने र नभएको खण्डमा स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व हस्तान्तरण गर्ने उनको भनाइ छ ।

नाडाको विधान अनुसार भदौ महिनाको अन्तिम सम्ममा साधारणसभा आयोजना गरिसक्नुपर्ने प्रावधान छ । केही कारणले सो समयमा आयोजना हुन नसके ढिलोमा पुस महिनाभित्र अनिवार्य साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचारहरू

नाडा र नाडाका संस्थागत एसोसिएसन बिच वृहत अन्तर्क्रिया सम्पन्न

नाडा र नाडाका संस्थागत एसोसिएसन बिच वृहत अन्तर्क्रिया सम्पन्न

काठमाडौं – अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोबाइल्स...

भ्रामक समाचारको पछि नलाग्न नाडाको आग्रह, विशेष साधरण सभा तोकिएकै मितीमा हुने

भ्रामक समाचारको पछि नलाग्न नाडाको आग्रह, विशेष साधरण सभा तोकिएकै मितीमा हुने

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संस्थासंग जोडिएर...

वृहत तालिम सञ्चालनका लागि नाडा र परियोजना बीच सम्झौता

वृहत तालिम सञ्चालनका लागि नाडा र परियोजना बीच सम्झौता

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अन्तर्गत गठीत सीप विकास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...