अधिकतम खुद्रा मूल्य अनिवार्य बनाउने विषयमा नाडा र वाणिज्य विभागबीच छलफल

काठमाडौं - अटोमोबाइल वस्तुहरुमा अधिकतम मूल्य सहित स्टिकर अनिवार्य गर्ने विषयमा नाडाको प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग त्यस विभागबाट प्रकाशित प्रेश विज्ञप्तिको विषयमा छलफल गरेको छ ।

प्रतिनिधि मण्डलले वाणिज्य विभागले मिति २०८२ चैत ३० गते जारी गरेको प्रेश विज्ञप्तिका सम्बन्धमा नाडाको विशेष ध्यान आकृष्ट भएको बताएको छ । विभागले विदेशबाट आयात भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण वस्तुमा अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्था तथा वस्तु बिक्री गर्दा अनिवार्य रुपमा विल विजक जारी गर्नुपर्ने प्रावधानको स्वागत गरेको जनाएको छ । यसै सन्दर्भमा नाडाले विभिन्न चासो र जिज्ञाशा राख्दै थप स्पष्टताको लागि लिखित पत्र बुझाउँदै समाधानका लागि समेत आग्रह गरेको छ ।

प्रतिनिधि मण्डलले विशेषगरी पुरानो मौज्दातमा रहेका सामानमा उक्त व्यवस्था कसरी लागू गर्ने, भन्सार विन्दुमै स्टिकर टाँस्ने प्रक्रिया कति व्यावहारिक हुन्छ भन्ने जस्ता विषय उठाएको थियो। नाडाले आफूहरू सदैव निष्पक्ष व्यापार र पारदर्शिताको पक्षमा रहेको र व्यवसायलाई व्यवस्थित तथा उत्तरदायी बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ।

छलफलको क्रममा महानिर्देशक ज्ञवालीले उपभोक्ता संरक्षण ऐन २०३५ मा भएको व्यवस्थालाई नै कार्यान्वयनमा ल्याइएको र वर्तमान सरकारको १०० बुँदे शासकिय योजनामा समेत सो विषयलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने उल्लेख भएकोले विभाग यसलाई कार्यान्वयनमा ल्याउन प्रतिवद्ध रहेको बताउदै यस सम्बन्धमा नाडाको थप चासो र जिज्ञासाहरु सकारात्मक रहेको बताए ।

यसै क्रममा महानिर्देशक ज्ञवालीले यसको कार्यान्वयनमा आउने वाधा अड्चनहरु हटाउन विभाग तयार रहेको आश्वासन दिँदै यसको कार्यान्वयनका लागि व्यवसायीहरुकोतर्फबाट प्रतिवद्धता समेत आवश्यक पर्ने बताए । यसै सिलसिलामा महानिर्देशक ज्ञवालीले स्टिकर सहितको अधिकतम मूल्य सूची टाँस्ने सम्बन्धमा उद्योग र आयातकर्ताप्रति विभाग कडा रुपमा प्रस्तुत हुने भन्दै विद्यमान कानूनमा सुधार आवश्यक छ भने सुझाव समेत नाडाबाट आउनुपर्ने बताए ।

उक्त छलफल तथा भेटघाटमा उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक, केन्द्रीय कार्य समिति सदस्य तथा स्पेयर पार्टस समितिका सभापति दिपेन्द्रकुमार मिश्र र केन्द्रीय कार्य समिति सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

बजेटमार्फत सवारी कर बढ्ने डर : कर नबढाउन र एसेम्वलमा थप सहुलियत दिन नाडाको माग

बजेटमार्फत सवारी कर बढ्ने डर : कर नबढाउन र एसेम्वलमा थप सहुलियत दिन नाडाको माग

आर्थिक वर्ष २०७९/८० का लागि ल्याउन लागिएको वार्षिक बजेटमा सवारीसाधनमा...

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा इलेक्ट्रिक कारको विशेष...

कसैसँग नभएका यी फिचरले बनाउँछ दिपललाई नेपालकै प्रिमियम ईभी

कसैसँग नभएका यी फिचरले बनाउँछ दिपललाई नेपालकै प्रिमियम ईभी

काठमाडौं–यस वर्षको नाडा अटो शोमा थुप्रै नयाँ ब्रान्डका प्रिमियम ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...