एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ हुने : स्टलका लागि गोला प्रथा सम्पन्न
काठमाडौं – नाडा अटोमोबाइल्स् एसाेसिएसन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र...
काठमाडौं–नाडा आटोमोवाइल एसोसिएसन नेपाल (नाडा)ले भोली (पुष ९ गते)का लागि तय गरेको साधारण सभा फेरी रोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडालाई महासंघमा लैजाने प्रस्तावसहित पुस ९ गते बोलाइएको साधारण सभा विधान बमोजिम नभएको भन्दै तत्काल रोक्न पत्रचार गरेको हो ।
साधारण सभाको प्रस्तावनै नाडालाई महासंघमा लैजाने एजेन्डा मात्र रहेकोले सो प्रस्ताव कानुन सम्मत नभएको हुँदा सो सम्बन्धि कार्य नगर्नु र नगराउनु भन्ने आदेशसहितको पत्र जिल्ला प्रशासन कार्यलयले पठाएको हो ।
कार्यसमितिभित्र उत्पन्न विवादलाई समधान नगरी एकतर्फि रुपमा हालका पदाधिकारीले नाडालाई महासंघमा लगेर आफ्नो पद लम्ब्याउन खोजेको र विधान संशोधनमा ध्यान नदिएको आरोप लगाउँदै केही कार्यसमिति सदस्य पदाधिकारीसँग रुष्ट हुँदै आएका छन् । उनीहरुले प्रशासनमा उजुरी हालेपछि दोस्रो पटक साधारण सभा रोकिएको हो।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...