नाडा अधिवेशन आगामी भाद्र २५ गते हुने

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४४औं वार्षिक साधारण सभा तथा अधिवेशन आगामी भाद्र २५ गते हुने तय भएको छ । आज बसेको नाडा कार्यसमिति बैठकले सो मिति तय गरेको नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

नाडाको विधान अनुसार १ जना अध्यक्ष र १७ जना साधारण सदस्यको निर्वाचन त्यही दिन हुनेछ । बाँकी मनोनित र संस्थागत सदस्य तथा सबै पदाधिकारी गरी २९ जनाको कार्यसमिति हुनेछ । संस्थाको पदाधिकारीहरु भने कार्यसमितिबाटै चयन हुने व्यवस्था रहेको छ ।

नाडाको २ वर्षे कार्यकालका लागि हुने निर्वाचनमा हालका उपाध्यक्ष करण चौधरी र पूर्व उपाध्यक्ष ध्र्रुब थापाले अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

हाल नाडामा ३ हजार ३६५ सदस्य रहेको बताइएको छ । ती सबै सदस्यहरुमा मताधिकार रहने छ ।

सम्बन्धित समाचारहरू

सवारी साधनको बिक्रीमा सुधारका सङ्केतहरु देखापर्न थालेका छन् : अध्यक्ष थापाको अन्तर्वार्ता

सवारी साधनको बिक्रीमा सुधारका सङ्केतहरु देखापर्न थालेका छन् : अध्यक्ष थापाको अन्तर्वार्ता

कोभिड महामारी र आयत प्रतिवन्धका कारण विगत ३ वर्षसम्म हुन नसकेको नाडा अटो शो...

चारपांग्रे सवारी एसेम्बल उद्योग सम्बन्धी उद्योगमन्त्रीलाई नाडाले दियो ११ बुँदे सुझाव

चारपांग्रे सवारी एसेम्बल उद्योग सम्बन्धी उद्योगमन्त्रीलाई नाडाले दियो ११ बुँदे सुझाव

काठमाडौं – नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...

भन्सार सहजीकरणका लागि नाडाको अनुरोध

भन्सार सहजीकरणका लागि नाडाको अनुरोध

काठमाडौं – नाडाका अध्यक्ष धुव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...