स्थगित भयो नाडाको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन

काठमाडौं – आगामी भाद्र २५ गते हुने भनिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभा तथा २१औं निर्वाचन स्थगित भएको छ ।

सो साधारण सभा सम्पन्न गर्नका लागि अनुमति पाउन मिति गत साउन १९ मा काठमाडौ जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएकोमा सो कार्यालयले कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेश्रो लहर समेत आउन सक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने विषयमा सार्वजनिक सूचना जारी गरेको सन्दर्भमा सो साधारण सभा तथा निर्वाचन स्थगित गरिएको नाडाले जनाएको छ ।

नाडाले गत २०७८ साल साउन १५ गते बसेको नाडाको केन्द्रीय कार्य समितिको १३औं बैठकले नाडाको ४५औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन २०७८ साल भाद्र २५ गते होटेल सोल्टी, काठमाडौमा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...