चर्चामा रहेको नामी ईभीको मूल्यमा न्यूनतम २५ हजार देखि १ लाख सम्म वृद्धि

हाल नेपाली बजारमा निकै नै चर्चामा रहेको डोङफेङ नामी ईभीको मूल्यमा वृद्धि गरिएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले सो जानकारी सार्वजनिक गरेको छ ।

बिग ह्याच र फाइभ–स्टार लक्जरी भएको नामी ईभीले नेपालबाट राइट ह्यान्ड ड्राइभको अन्तर्राष्ट्रिय शुभारम्भ गरेको थियो । सो अवसरमा कम्पनीले सीमित अवधिको लागि विशेष परिचयात्मक मूल्य पनि प्रस्ताव गरेको थियो । नेपालमा शुभारम्भपछि हङकङ, सिंगापुर र मलेसियामा पनि सो गाडी अनावरण गरिएको थियो।

नेपाली बजारमा नामी ई१, ई२ र ई३ गरी तीन भेरिएन्ट रहेका छन् । नामी ई१ को मूल्य अब ३० लाख २४ हजार, ई२ को मूल्य ३२ लाख ४९ हजार र ई३ को मूल्य ३५ लाख ९९ हजार रुपैयाँ हुनेछ । यी तीन भेरिएन्टमा क्रमशः २५ हजार, ५० हजार र १ लाख रुपैयाँ मूल्य वृद्धि गरिएको हो । डुअल टोन कलर भेरिएन्ट खोज्नेहरूका लागि भने थप ५० हजार रुपैयाँ लाग्ने छ ।

नामीको आगमन दक्षिण एसियाको ईभी यात्रामा अतुलनीय लक्जरी र टेक्नोलोजीसँग दिगोपनलाई मिलाउने एउटा महत्त्वपूर्ण माइलस्टोन हो। सेग्मेन्टमै पहिलो फ्रेमलेस ढोका, मेमोरी सिट, फ्लस डोर ह्यान्डल, अटो पार्किङका साथै लेभल २ एडीएएस सुरक्षा प्रणाली, लाइ–फ्ल्याट स्पेस र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल जस्ता इनोभेटिभ फिचर्स र अभिनव सुविधाहरू सहित नामीले ह्याचब्याकमा केके हुनु पर्छ भन्ने कुरालाई पुनः परिभाषित गरेको कम्पनीको भनाइ छ ।

एमएडब्लु वृद्धि नेपालको दुई प्रमुख व्यापारिक घरानाहरू एमएडब्लु ग्रुप र वृद्धि ग्रुप बीचको रणनीतिक साझेदारी हो। सन् २०१४ मा स्थापित एमएडब्लु वृद्धि नेपाली अटोमोटिभ बजारमा अग्रणी शक्ति हो जसले फोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता प्रख्यात ब्रान्डहरूका विद्युतीय सवारी (ईभी) सहित व्यावसायिक र यात्रुवाहक सवारीहरूको विविध दायरा प्रदान गर्दछ।

सन् १९६४ मा स्थापना भएको एमएडब्लु ग्रुप अटोमोबाइल, इन्जिनियरिङ र लगानी सहित विभिन्न क्षेत्रहरूमा बलियो उपस्थिति भएको एक विविधतायुक्त ग्रुप हो। सन् १९७२ मा स्थापना भएको वृद्धि ग्रुप सन् १८५७ देखिकै पुरानो इतिहास भएको एक अग्रणी नेपाली व्यापार समूह हो।

यी दुईको साझेदारी मार्फत् स्थापित एमएडब्लु वृद्धिले ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्न आफ्ना संयुक्त विशेषज्ञता र स्रोतहरूको प्रयोग गर्दछ। उत्कृष्टता, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताले उनीहरूलाई नेपालको अटोमोटिभ उद्योगमा अग्रणी शक्तिको रूपमा स्थान दिएको कम्पनीको दावी छ ।

सम्बन्धित समाचारहरू

ब्याट्रीका कारण पेट्रोलियम भन्दा विद्युतीय गाडीको भार धेरै : समस्या निम्तिने खतरा

ब्याट्रीका कारण पेट्रोलियम भन्दा विद्युतीय गाडीको भार धेरै : समस्या निम्तिने खतरा

अटो उद्योग विस्तारै विद्युतीयतिर ढल्किदैछ । विश्वमा विद्युतीय सवारी...

अन्य देशमा बनेका सवारी साधनमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अन्य देशमा बनेका सवारी साधनमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘अमेरिकामा नबनेका सबै...

इलेक्ट्रिक कार चलाउँदै हुनुहुन्छ ? जाडो मौसममा यी ५ कुरामा दिनुस् ध्यान

इलेक्ट्रिक कार चलाउँदै हुनुहुन्छ ? जाडो मौसममा यी ५ कुरामा दिनुस् ध्यान

जाडो मौसमको आगमनसँगै सवारीसाधन स्टार्ट गर्ने देखि अन्य काममा धेरै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...