इलेक्ट्रिक टु ह्विलरमा रेन्ज, चार्जिङ र ब्याट्रीको चिन्ता : यसरी गर्दैछ गोगोरोले समाधान
काठमाडौं– नेपालमा इलेक्ट्रिक टु ह्विलर भित्रिएको निकै लामो समय बितिसकेको...
नेपाली बजारमा नामी ०१ इलेक्ट्रिक ह्याचब्याकको बिक्री प्रारम्भ गर्ने तयारीका साथ विभिन्न कार्य भइरहेका छन् । यो सेगमेन्टकै सबैभन्दा बढी प्रिमियम र स्मार्ट ह्याचब्याक दावी गरिएको सो ह्याचब्याक नेपाली बजारका लागि विभिन्न फरक विशेषताले सुसज्जित छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा एमएडब्लु वृद्धि अटोकर्पले सो इलेक्ट्रिक ह्याचब्याक नेपाली बजारमा उपलब्ध गराउने छ ।
यसमा भएका ६ विशेष फिचरहरु यस प्रकार भएको कम्पनीको भनाइ छ ।
कम्प्याक्ट तथा प्रिमियम डिजाइन
नामी ०१ स्लिक र कम्प्याक्ट डिजाइनमा उपलब्ध छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४०३०, १८१० र १५७० एमएम छ भने ह्विलबेस २६६० एमएम छ । यसकारण सिटी ड्राइभिङका लागि यो परफेक्ट छ ।
फ्रेमलेस डोर र फ्लस ह्यान्डल
यसमा भएको फ्रेमलेस डोर र फ्लस ह्यान्डले स्पोर्टी र प्रिमियम लुकलाई बढाएको छ भने ह्याचब्याक बजारमा फरक पहिचान समेत कायम गरेको छ । यसबाट सौन्दर्यतामा वृद्धि गर्न मात्र होइन, गाडीको एरोडायनामिकमा सुधार गर्न र सहज तरिकाले प्रयोग गर्न समेत सहयोग पु¥याएको छ ।
अटोमेटिक पार्किङ
नामी ०१ मा भएको एक उत्कृष्ट सुविधा हो अटोमेटिक पार्किङ सिस्टम । सो उन्नत प्रविधिका कारण सहरको टाइट स्पेसमा पनि सहज तरिकाले पार्किङ गर्न सहयोग पुग्छ । यसबाट तनावमुक्त ड्राइभिङमा समेत सहयोग पुग्छ ।
रोजाइका कलर
नामी ०१ पाँच जीवन्त कलर अप्सनमा उपलब्ध छ । सो गाडी ह्वाइट, येल्लो र ब्लुका साथै ह्वाइट एन्ड येल्लो र ह्वाइट एन्ड ब्लु ड्युअल टोन अप्सनमा उपलब्ध छ । यी कलर अप्सनका कारण नामी ०१ सडकमा स्टाइलिस र आई–क्याचिङ भेइकल बन्ने अनुमान गर्न सकिन्छ ।
एड्भान्स्ड एडीएएस
एड्भान्स्ड एडीएएस अर्थात एडास सिस्टम उपलब्ध भएकाले नामी ०१ सुरक्षा र सहजताले भरिपूर्ण मान्न सकिन्छ । यसमा ब्लाइन्ड स्पट मोनिटरिङ, फरवार्ड कोलिजन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक साइन रिकग्निसन र एडेप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् । यी फिचरका कारण सुरक्षित र आरामदायी ड्राइभिङ अनुभव गर्न सकिन्छ ।
स्पेसियस र स्टाइलिस इन्टेरियर
नामी ०१ को इन्टेरियर ब्ल्याक एन्ड ह्वाइट तथा ब्ल्याक एन्ड ग्रे गरी दुई कलर स्किममा उपलब्ध छ । यसमा ५ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल, टु–स्पोक मल्टी फङसनल स्टेयरिङ ह्विल र १२.८ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको छ । सो स्क्रिनले मोबाइल रिमोट कन्ट्रोल, ओटीए अपडेट र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल आदि सपोर्ट गर्छ । यसबाट मोडर्न र कनेक्टेड ड्राइभिङ एक्सपेरियन्स गर्न सकिन्छ । त्यसैगरी स्पेसियस क्याबिनका कारण सबै प्यासेन्जरले पर्याप्त आरामको अनुभव गर्न सक्छन् ।
यी महत्वपूर्ण विशेषताका साथै नामी ०१ मा भएका थप विशेषता यस प्रकार रहेका छन् :
पर्फमेन्स – नामी ०१ ले डब्लुएलटीपी अनुसार २५० किलोमिटर र ३३० किलोमिटरको रेन्ज दिन्छ । यसमा ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ । यसमा ७० किलोवाटको मोटर रहेको छ भने १६० एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पिड १४० किलोमिटर प्रतिघण्टा रहेको छ ।
अन्य फिचर – थप फिचरको रुपमा यसमा ३२ कलर एम्बियन्ट लाइटिङ, मोबाइल फोन वायरलेस चार्जिङ, ग्लोभबक्सको तल पुल–आउट ड्रअर र फ्रन्ट सिटका लागि वान–क्लिक लाई–फ्ल्याट मोड आदि रहेका छन् ।
प्रिमियम डिजाइन, एड्भान्स्ड टेक्नोलोजी र भाइब्रेन्ट एस्थेटिक्सका कारण नामी ०१ ले ह्याचब्याक सेगमेन्टको बजारलाई नै पुनर्परिभाषित गर्ने कम्पनीको दावी छ । स्मार्ट फिचर र स्टाइलिस अपिलले प्रिमियम ह्याचब्याक बजारमा नामी ०१ लाई प्रतीक्षित बनाएको मान्न सकिन्छ ।
काठमाडौं– नेपालमा इलेक्ट्रिक टु ह्विलर भित्रिएको निकै लामो समय बितिसकेको...
कोरोना महामारी र त्यसले निम्त्याएको लामो लकडाउनका कारण समग्र अर्थ...
एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा विश्वव्यापी रुपमा प्रशंसा पाएको नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...