अटोमोबाइल ब्यावसायमा एमभी दुगड ग्रुप, प्यासेन्जर कार बाहेक सबै सेग्मेन्टका सवारीसाधनको कारोबार

नेपालको पुरानो मध्य एक ब्यापारिक घरना हो एमभी दुगड ग्रुप । ग्रुप अन्तर्गत हाल अटोमोबाइल सहित बैंक तथा बित्तिय संस्था, हाइड्रो पावर, कृषि र कन्स्ट्रक्सन लगायत क्षेत्रहरु सञ्चालनमा छन् । ग्रुपमा हाल मोतीलाल दुगड चेयरम्यान र उनका छोरा बिबेक दुगड म्यानेजिङ डाइरेक्टर छन् । पछिल्लो समय बिबेक दुगडले अटोमोबाइल ब्यावसायलाई उच्च प्राथमिकताका साथ हेर्दै आइरहेका छन् ।

यो ग्रुपले नेपालमा अटोमोबाइल ब्यावसाय शुरुवात गरेकै ३ दशक भन्दा बढी समय बितिसकेको छ । ३५ बर्षअघि निशान ब्रान्डको आधिकारिक बिक्रेताका रुपमा कारोबार थालेको दुगड ग्रुपमा हाल निशान ब्रान्ड नभएपनि ८ भन्दा बढी बहुराष्ट्रिय ब्रान्डका सवारीसाधन कारोबार भैरहेको छ । एउटै ग्रुपले यति धेरै ब्रान्डका सवारीसाधन कारोबार गर्ने आधारमा यो ग्रुप नेपालको अटोमोबाइल क्षेत्रमा सर्बाधिक सवारीसाधन आयत गर्ने घरनाका रुपमा स्थापित भएको छ । हाल यो ग्रुप अन्तर्गत प्यासेन्जर कार बाहेक प्राय सबै सेग्मेन्टका सवारीसाधन कारोबार भैरहेको छ ।

टु ह्विलरमा मात्रै ३ वटा ब्रान्ड
रोयल इन्फिल्ड, भेस्पा र अप्रिलिया ब्रान्डको लागि एकमात्र आधिकारिक बिक्रेता हो दुगड ग्रुप । जसमध्ये रोयल इन्फिल्डसंगको सहकार्य थालेको २ दशक बितिसकेको छ भने भेस्पा र अप्रिलियाको कारोबार थालेको ३ बर्ष पुरा भएको छ । क्रुजर र प्रिमियम सेग्मेन्टमा सर्बाधिक लोकप्रिय ब्रान्डको छबी बनाएको रोयल इन्फिल्डमा यो ग्रुप सर्बाधिक सफल मानिन्छ । यो सेग्मेन्टमा रोयल इन्फिल्डको ९० प्रतिशत बढी हिस्सा रहेको छ । त्यसैगरी इटालियन ब्रान्ड भेस्पा र अप्रिलियाको बजार बिस्तारमा समेत यो ग्रुपले राम्रो गर्दै लगेको छ । महंगो, स्टाइलिस र प्रिमियम ब्रान्ड रुचाउने ग्राहकले यी स्कुटर प्रयोग गर्दै आइरहेका छन् । नेपालको टु ह्विलर बजारमा यी तीन ब्रान्डले ५ प्रतिशत हाराहारी बजार हिस्सा ओगट्न सफल मानिन्छ ।

महिन्द्रा कमर्सियल भेइकलको आधिकारिक बितरक
दुगड ग्रुपले बिगत लामो समयदेखी महिन्द्रा कमर्सियल भेइकलको आधिकारिक बितरकका रुपमा कारोबार गर्दै आइरहेको छ । नेपालमा महिन्द्राको २ वटा आधिकारिक बितरक रहेकोमा अर्को अग्नी ग्रुपले प्यासेन्जर कार र पिकअपको कारोबार गर्छ । महिन्द्राका कमर्सियल भेइकल अन्तर्गत स्कुल बस, ठूला माल बाहक ट्रक र लाइट कमर्सियल भेइकलको बजार निकै राम्रो छ । लाइट कमर्सियल सेग्मेन्टमा नम्वर वान दाबी गर्दै आइरहेको यो ग्रुपले स्कुल बस र मालबाहक ट्रकमा समेत राम्रो कारोबार गर्दै आइरहेको छ । त्यसैगरी महिन्द्रा ब्रान्डकै हेभी इक्विपमेन्ट समेतको कारोबार यहि ग्रुपले गरिरहेको छ ।

टाटा हिटाची
यसअघि सिप्रदी अर्थमुभर्सले कारोबार गर्दै आइरहेको टाटा हिटाची ब्रान्डको हेभी इक्विपमेन्टको बिक्रेता आफू मातहात ल्याउन समेत यो ग्रुप सफल भएको छ । नेपाली बजारमा टाटा हिटाचीका ब्याकहो लोडर, एस्काभेटर र रोलर लगायत इक्विपमेन्ट कारोबार भैरहेका छन् । जसमध्य एस्काभेटरको बिक्री निकै राम्रो छ । एस्काभेटरमा हिटाची उत्कृष्ट कारोबार गर्ने टप थ्री ब्रान्डमा पर्छ ।

पियाजिओ थ्री ह्विलर
इटालियन ब्रान्ड पियाजिओको थ्री ह्विलरलाई पहिलो पटक दुगड ग्रुपले नेपाल भित्राएको थियो । यसको एपे मोडल यो सेग्मेन्टमा लोकप्रिय मानिन्छ । नेपाल भित्रिएको छोटो समय अबधीमै उत्कृष्ट कारोबार गरी स्थापित गराउन सफल भएकै आधारमा कम्पनीले पियाजिओ ग्रुप अन्तर्गतकै भेष्पा र अप्रिलियाको डिलरसिप समेत यो ग्रुपलाई दिएको ब्यावसायीक बृतमा चर्चा हुनेगर्छ ।

जोन डियर ट्याक्टर
कृषि प्रयोजनमा प्रयोग हुने ट्याक्टरको कारोबारमा समेत यो ग्रुप सफल मानिन्छ । बिश्व प्रख्यात जोन डियर ट्याक्टरको आधिकारिक बितरकका रुपमा दुगडले यसको कारोबार गर्दै आइरहेको छ । बलियो इन्जिन, उच्चतम पर्फमेन्स, इन्धन किफायती र हेभी ड्युटी कार्यका लागि जोन डियर ट्याक्टर लोकप्रिय मानिन्छ । नेपालका प्रय सबैजसो भुगोलमा यो ट्याक्टर पुगिसकेको छ । बिक्रीका हिसावले समेत जोन डियर अग्रणी स्थानमा आउने कम्पनी स्रोतले बताएको छ ।

अन्य पनि
भारतको एमकेजी ब्रान्डका निर्माण उपकरण, हाइभा ब्रान्डका उपकरण, किर्लोस्कर ब्रान्डको ट्रेलर र जेसिबी ब्रान्डका ह्यान्ड टुल्स लगायत अन्य उपकरणहरुको समेत यो ग्रुपले कारोबार गर्दै आइरहेको छ । हाल ग्रुपमा २ हजार बढी ब्यक्तीले रोजगार पाएका छन् भने देशका बिभिन्न ३८ स्थानमा कार्यलय रहेको छ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...