२०७८ असोज ९ शनिबार,

रिसाइकल मेटरियल देखि प्लास्टिक बोतल सम्म प्रयोग गरिएका इलेक्ट्रिक कार म्युनिख मोटर शोमा

युरोपको सबैभन्दा ठूलो मोटर शो ‘द म्युनिख मोटर शो २०२१’ जर्मनीको म्युनिखमा आयोजना भइरहेको छ । यहाँ विभिन्न कार कम्पनीहरुले आधुनिक प्रविधि र फिचरसहितका कार सार्वजनिक गरेका छन् । यी मध्ये पनि केही कारले धेरैको ध्यान तानेका छन्, जसमा प्रयोग गरिएको प्रविधिले भविष्यमा अटोमोबाइल संसारलाई नै फरक दृश्यमा उतार्ने छ ।

बीएमडब्ल्युले सार्वजनिक गरेको कन्सेप्ट ह्याचब्याक आई–भिजन सर्कुलरलाई सन् २०४० सम्म बजारमा उपलब्ध हुने कार भनिएको छ । यसमा प्रयोग गरिएका सामग्री सतप्रतिशत रुपमा रिसाइकल गरिएका हुनु नै यसको प्रमुख विशेषता हो ।

औडीले स्फेयर कन्सेप्ट कार सार्वजनिक गरेको छ, जसमा ग्रान्डस्फेयर पनि पुरै इलेक्ट्रिक छ । ७१० बीएचपीको यो कारले सिंगल चार्जमा ७४० किलोमिटरको दुरी पार गर्छ । यसको इन्टेरियर रिसाइकल मेटरियलबाट बनाइएको छ ।

कोरियाली कम्पनी किया मोटर्सले ९० बीएचपी इलेक्ट्रिक मोटर र ११६ लिटर टर्बोचार्ज पेट्रोल इन्जिनयुक्त हाइब्रिड कार प्रदर्र्शन गरेको छ । त्यसैगरी मर्सिडिजले ५ वटा इलेक्ट्रिक कार राखेको छ । ती मध्ये मर्सिडिज ईक्यूईलाई सन् २०२२ मा बजारमा उतारिने छ । एक पटक फुल चार्ज गर्दा यसले ६६० किमीको दुरी पार गर्न सक्छ ।

रेनोले मेगान ई–टेक इलेक्ट्रिक कार प्रदर्शन गरेको छ । त्यसैगरी फक्सवागनले सार्वजनिक गरेको नयाँ आईडी लाइफको लुक निकै नै आकर्षक छ । सन् २०२५ मा बजारमा आउने यो कारको छत र बोनट प्लास्टिक बोतलबाट बनाइएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ सेवा थपिदै नागरिक एपमा, बागमतीको सवारी कर एपबाटै तिर्न सकिने

नयाँ सेवा थपिदै नागरिक एपमा, बागमतीको सवारी कर एपबाटै तिर्न सकिने

काठमाडौं – नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् ।...

नेपालमै एसेम्बल हुने भयो विद्युतीय गाडी, भयो सम्झौता

नेपालमै एसेम्बल हुने भयो विद्युतीय गाडी, भयो सम्झौता

रुपन्देहीको सैनामैना नगरपालिका–८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी...

नेपाली बजारमा भित्रियो दुहानको थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर, विभिन्न ४ मोडल उपलब्ध

नेपाली बजारमा भित्रियो दुहानको थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर, विभिन्न ४ मोडल उपलब्ध

नेपाली बजारमा चीनको विश्व प्रसिद्ध थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक...

लोकप्रिय

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...

नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको...