नेपाली बजारमा सार्वजनिक भयो बीवाईडीको बहुप्रतीक्षित कार एट्टो३

काठमाडौं – नेपाली बजारमा बीवाईडीको बहुप्रतीक्षित इलेक्ट्रिक कार एट्टो३ सार्वजनिक गरिएको छ । शनिबार एक कार्यक्रमका बीच सो गाडी सार्वजनिक गरिएको हो ।

पटक पटक घोषणा गरेर पनि विविध कारणले रोकिएको सो इलेक्ट्रिक कारको लन्चिङ अहिले भएको हो । पहिले देखि नै नेपाली ग्राहकको चासोमा परे पनि बजेट र अन्य कारणले यो कार नेपाल भित्रिन सकेको थिएन ।

यो गाडीको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ। अहिले गाडी बुक गर्ने ग्राहकले चार्जर र भीटुएल केवल निःशुल्क पाउने छन्।

हाल यो गाडी ४ वटा रङमा उपलब्ध छ भने बुकिङ गरेको एक महिनाभित्र गाडी डेलिभरी गरिने कम्पनीले जनाएको छ।

चर्चित कलाकार हरिवंश आचार्य यो ब्रान्डको नेपालका लागि ब्रान्ड एम्बेस्डर हुन। अष्ट्रेलियन एनक्यापमा यसले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ। यस्तै ग्लोबल एन्क्याप टेस्टमा पनि फाइभ स्टार रेटिङ प्राप्त गरेको छ।

यो गाडीमा ६०.४ किलोवाट क्षमताको ठूलो ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

जीहो स्कुटर किन्दा नगद छुट र वम्परमा एक जनालाई बाली भ्रमणको अवसर

जीहो स्कुटर किन्दा नगद छुट र वम्परमा एक जनालाई बाली भ्रमणको अवसर

काठमाडौं– सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...

पेट्रोलियम पदार्थ बेच्ने आयल निगमले नै किन्यो विद्युतीय कार

पेट्रोलियम पदार्थ बेच्ने आयल निगमले नै किन्यो विद्युतीय कार

काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेको नेपाल आयल निगमले...

एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किदै, रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किदै, रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

काठमाडौं – एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...