बजेटलाई माउन्टेन स्पोर्ट्स फेडरेसनको स्वागत

काठमाडौं – नेपाल सरकारको तर्फबाट हालै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटलाई नेपाल माउन्टेन स्पोर्ट्स फेडरेसनले स्वागत गरेको छ ।

खासगरी खेलकुद क्षेत्रमा पहिलो पटक नेपाल र नेपालीको भावना समेटने बजेट आएको हामीले अनुभूति गरेको र बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले महासंघलाई उत्साहित बनाएको बताइएको छ ।

अध्यक्ष गोविन्द भट्टराईद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘माउन्टेन स्पोर्ट्स फेडेरेसनको एक दशकको लबिङ्ग तथा नेपाल खेलकुद महासंघको नीतिगत समर्थनले नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा नै नेपाली खेलकुदको आगामी र अग्रगामी भविष्य हो । त्यस्तै, विश्वस्तरको खेल विद्यालयले कम्तिमा आम विषय अब सिंहदरबारको पनि विषय बन्न पुगेको अनुभूति भएको छ ।’

वक्तव्यमा भनिएको छ – पूर्व खेलाडीलाई सहुलियतमा व्यवसायिक कर्जा र नबौं राष्ट्रिय खेलकुदको ग्यारेन्टी तथा देशव्यापी पूर्वाधार निर्माणको घोषणा अरु आशा लाग्दो विषय हुन् । हाई अल्टिच्युड स्पोर्ट्स ट्रेनिङ सेन्टर निर्माण र काठमाडौँ तथा फेवाताल वरिपरिको साइकल लेन निर्माणमा सरकारको प्रतिबद्धता साच्चै गर्व गर्न लायक छ । तर यसको सफल कार्यान्वयनमा भने हामी चनाखो हुनैपर्छ ।

साहसिक पर्यटनको लागि राष्ट्रिय-अन्तर्राष्ट्रिय आकर्षण गर्ने सरकारी नितिको सफल कार्यान्वयन भए, अल्पाइन र माउन्टेन क्षेत्रमा साहसिक खेल मार्फत पर्यटन प्रवद्र्धन गर्ने हाम्रो लामो अभियान सफल भएको मानिने छ जुन बजेट वक्तव्यमा प्रस्ट उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ – पहिलो पटक वाटर स्पोर्ट्सलाई प्रस्ट सम्बोधन गरिएको छ, कार्यक्रम सहित । नीतिगत रुपमा प्रष्ट र अग्रगामी देखिन्छ बजेट बक्त्तव्य, जसले दिगो पर्यटन, दिगो विकास र समृद्ध नेपालको लागि खेलकुद क्षेत्रलाई प्रस्ट किटान गरेको छ । बञ्जी, माउन्टेनियरिङ, रक क्लाइम्बिङ, -याफ्टिङ, प्याराग्लाइडिङ्ग लगायतका साहसिक खेल मार्फत दिगो पर्यटनको योजना बन्नु यस महासंघको लागि साच्चै खुसीको कुरा हो, जुन एक दशकदेखि महासंघले उठाइरहेको थियो ।

सम्बन्धित समाचारहरू

प्रहरीका मोटरसाइकल र स्कुटरमा अनिवार्य ‘डबल हेल्मेट’ कार्यान्वयनमा

प्रहरीका मोटरसाइकल र स्कुटरमा अनिवार्य ‘डबल हेल्मेट’ कार्यान्वयनमा

काठमाडौं – नेपाल प्रहरीका सबै मोटरसाइकल तथा स्कुटर चालकले पछाडि बस्नेले...

खेलकुद महासंघमा मोटर स्पोर्ट्स क्षेत्रमा क्रियाशील पदाधिकारीहरु चयन

खेलकुद महासंघमा मोटर स्पोर्ट्स क्षेत्रमा क्रियाशील पदाधिकारीहरु चयन

काठमाडौं – एमाले निकट नेपाल खेलकुद महासंघको केन्द्रीय समितिमा अटोमोबाइल...

नासा बैठक सम्पन्न, यस्ता छन् आगामी कार्ययोजना

नासा बैठक सम्पन्न, यस्ता छन् आगामी कार्ययोजना

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन केन्द्रीय तदर्थ समितिको बैठक हालै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...