मोटुलका सीईओ नागेन्द्र पाई भन्छन् – नेपालमा अब दक्ष जनशक्ति समेत लगानी गर्नेछौ

मोटुल इन्डिया प्रालिका चिफ एक्जिक्युटिभ अफिसर (सीईओ) हुन् नागेन्द्र पाई । मोटुलले नेपालमा पहिले विभिन्न आयातकर्तासँग सहकार्य गर्दै आएकोमा अब आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकसँग सहकार्यको घोषणा गरेको छ । नयाँ सहकार्यको घोषणा पश्चात मोटुलले हालै काठमाडौंमा पहिलो पटक डिलर्स मिटको समेत आयोजना गरेको छ ।

२५ वर्ष भन्दा लामो समय देखि अटोमोबाइल बजारमा लागिरहेका पाईले भारत वाहेक साउथ अफ्रिका, मिडिल इस्ट र चाइनामा समेत मोटुलको बजार प्रवद्र्धन सम्बन्धी कार्य गरिसकेका छन् । हाल उनले नेपाल वाहेक भारत, बंगलादेश र श्रीलंकाको बजार समेत व्यवस्थापन गर्दै आएका छन् ।

डिलर्स मिटकै सन्दर्भमा नेपाल आएको समयमा नागेन्द्र पाईसँग मोटुल लुब्रिकेन्ट ब्रान्ड र यसको विशेषता तथा नेपालको बजार र आगामी सम्भावना वारेमा नेपाल अटोले कुराकानी गरेको छ । सोही कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

मोटुलले अब नेपाली बजारमा कसरी अगाडि बढ्ने योजना बनाएको छ ?
हामीले आईएमई ग्रुपसँग एक रणनीतिक सहकार्य गर्ने घोषणा गरेका छौ । अहिलेको अवस्थामा हामीले पहिले भन्दा रणनीति नै परिवर्तन गरेका छौ । पहिले हामीले उत्पादन बिक्री गर्ने मात्र उद्देश्यका साथ कार्य गरेका थियौ । तर अब भने नेपालमा एक मुख्य वितरक हुनेछ भने यहाँ मोटुल र आईएमई दुवैको प्रतिनिधि मिलेर काम गर्नेछन् । भारतको कलकत्तामा रहेको प्रतिनिधिले नेपालका साथै सबै गरी तीन स्थानको बजार हेर्नेछ भने आईएमईको तर्फबाट पनि मोटुलकै लागि भनेर केही संख्यामा प्रतिनिधिहरु रहने छन् ।

यस अनुसार हामीले पहिले उत्पादन बिक्री मात्र गर्ने गरेकोमा अब लगानी समेत हुनेछ । यसका लागि आवश्यक ब्रान्डिङ लगायतका विभिन्न कार्य समेत हुनेछ । भारत र अन्य देशमा प्रतिष्ठित रहेको मोटुल ब्रान्डलाई नेपालमा समेत प्रतिष्ठित बनाउनका लागि आवश्यक कार्य गर्नेछौ । यसै अनुसार नेपालमा पहिलो कार्यक्रमको रुपमा डिलर्स मिट आयोजना गरेका छौ । यहाँ आईएमई र मोटुल दुवैतर्फका मुख्य व्यक्तिहरुको समेत सहभागिता रहेको छ । यहीबाट हाम्रो सहकार्यलाई व्यावहारिकता दिने कार्यको सुरुवात समेत भएको छ ।

मोटुल ब्रान्ड नेपालमा पहिले देखि नै बिक्री–वितरण भइरहेको छ । तर पनि उल्लेख्य रुपमा बजार विस्तार गर्न सकेको पाइदैन । पछिल्लो समयमा नेपालमा बजार विस्तारका लागि आईएमई ग्रुपसँग नै किन सहकार्य गर्ने निर्णय गर्नुभयो ?
हाम्रो रणनीति अनुसार अगाडि बढ्न सक्ने सहकर्मीको खोजीमा हामी थियौ । मोटरसाइकल देखि प्यासेन्जर कार र कमर्सियल भेइकल सम्म सबैमा उपयुक्त मानिने प्रिमियम प्रोडक्ट समेत उपलब्ध गराउदै आएको मोटुललाई नेपालमा स्थापित गर्नुपर्ने आवश्यकता छ । मूल्य र अन्य विभिन्न विशेषतालाई बुझाएर नेपालमा मोटुल ब्रान्ड स्थापित गर्नुपर्ने चुनौती छ । यसका लागि आवश्यक मार्केटिङ लगायतका विभिन्न कार्य समेत गर्नुपर्ने अवस्था छ । आईएमई ग्रुप आफैमा राम्रो नेटवर्क भएको संस्था हो । अटोमोटिभ लगायतका विभिन्न क्षेत्रमा आईएमईको राम्रो पहुँच छ । यो अवस्थामा आईएमई पनि राम्रो लुब्रिकेन्ट ब्रान्डसँग जोडिन चाहिरहेको अवस्था थियो । अशोक लेल्यान्ड, एस्कर्ट्स, राफ्ट लगायतका विभिन्न अटोमोटिभ ब्रान्ड बिक्री–वितरण गरिरहेको अवस्थामा गुणस्तरीय लुब्रिकेन्टसँग जोडिनु आईएमई ग्रुपका लागि पनि आवश्यक थियो । यो अवस्थामा दुवैको कुरा मिल्यो र हामी सहकार्य गर्ने निर्णयमा पुग्यौ ।

कुन सेगमेन्टका सवारी साधनमा मोटुल बढी प्रयोग हुने गरेको छ ?
हामीले टु ह्विलर, फोर ह्विलर र कमर्सियल तथा इन्डष्ट्रियल सेगमेन्ट सबैका लागि विभिन्न रेन्जका लुब्रिकेन्ट बिक्री–वितरणका लागि उपलब्ध गराइरहेका छौ । सामान्यतः टु ह्विलर बढी प्रयोग हुने भएकाले बिक्री पनि यही सेगमेन्टको बढी हुन्छ । यद्यपि अन्य सेगमेन्टमा पनि राम्रो उपस्थिति छ । नेपालमा पनि अवस्था यही हो । आगामी दिनमा टु ह्विलर बाहेक अन्य सेगमेन्टमा पनि राम्रो बजार विस्तार गर्ने योजनाका साथ कार्य गर्नेछौ । यसै अनुसार नै आईएमईसँग हाम्रो सहकार्य हुनेछ ।

आगामी दिनमा नेपालको बजार कस्तो हुने अनुमान गर्नुभएको छ ?
अहिले सम्म हामी बिना लगानी नै प्रतिफल खोजिरहेका थियौ । तर अब भने लगानीका साथ आएका छौ । भारतमा मात्र नभई विश्वमै टु ह्विलरका लागि मोटुल विशेषज्ञ लुब्रिकेन्ट नै मानिन्छ । मोटरसाइकलमा हाल भारतमा मोटुल दोस्रो पोजिसनमा छ । हामीले भारतीय बजारका लागि एक रेन्ज बनाएका छौ । भारतीय बजारले पनि प्रिमियम, स्पेसल, मिडियम र लो लेभल गरी सबै लेभलको लुब्रिकेन्ट खोज्छ । भारत र नेपालको बजार उस्तै भएकाले नेपालमा पनि हामीले सबै रेन्ज उपलब्ध गराएका छौ । राम्रो मूल्यमा ‘गुड प्रोडक्ट’ खोज्ने भ्यालु फर मनी चाहने ग्राहक यहाँ पनि छन् । अफरोड जान चाहने बाइकरहरुका लागि प्रिमियम प्रोडक्ट पनि उपलब्ध छन् । यस अनुसार वितरकको चाहनामा मात्र नभएर ग्राहकको चाहना अनुसारका सबै प्रोडक्ट आईएमई ग्रुपले स्टक राख्ने छ । यसबाट नेपाली बजार आगामी दिनमा राम्रो हुने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारलाई अझै राम्रो बनाउनका लागि कस्ता गतिविधि गर्ने योजना बनाउनु भएको छ ?
हामीले पहिले करिव सय हाराहारी रिटेलरमार्फत मोटुल बिक्री–वितरण गरिरहेकोमा अब यसलाई बढाएर ५ सय भन्दा बढी पु¥याउनु पर्नेछ । यसका लागि आवश्यक साइनेज, ब्रान्डिङ लगायतका कार्य गर्नुपर्ने आवश्यकता छ । त्यसैगरी आईएमई ग्रुपमार्फत फिल्ड मार्केटिङ पनि गर्नेछौ । यी सबै कार्यका लागि रिटेलर र मेकानिक्स तथा ग्राहकका साथ विभिन्न क्रियाकलापहरु गर्नेछौ । यसका लागि आवश्यक बजेटको समेत व्यवस्थापन गरेका छौ ।

हामीले सामाजिक सञ्जालमार्फत पनि विभिन्न जानकारीमूलक सामग्री प्रस्तुत गर्नेछौ । मोटुल ब्रान्ड युवाहरुसँग जोडिएको ब्रान्ड पनि भनिन्छ । यसै अनुसार विभिन्न इभेन्ट, रेसिङ आदिमा हामीले लगानी गरेका छौ ।

भारत र अन्य देशमा मोटुलको अवस्था कस्तो छ ?
भारतमा हामी मोटरसाइकल सेगमेन्टमा दोस्रो नम्बरमा छौ । भारतमा युवाहरु धेरै छन् । युवाहरुले आफूलाई चाहिने इन्जिन आयल खोज्दा मोटुल नै खोज्छन् । बाइक भएका व्यक्ति मध्ये करिव आधासँग कार पनि छ । हामीले कारका लागि पनि आवश्यक रेन्ज उपलब्ध गराइरहेका छौ । मैले बजार हेर्ने भारत, बंगलादेश र श्रीलंकामा पनि हाम्रो राम्रो बजार छ । हाल १७५ भन्दा बढी देशमा मोटुल ब्रान्डको उपस्थिति रहेको छ ।

मोटुलको उत्पादन प्रक्रिया कस्तो छ ? यो किन अरु ब्रान्ड भन्दा फरक छ ?
बजारमा धेरैले सिन्थेटिक आयल बिक्री गरिरहेको दावी गर्छन् । तर वास्तवमा सबैमा सिन्थेटिक हुँदेन । राम्रो बेस आयल प्रयोग गरेपछि सिन्थेटिक भयो भन्छन् । वास्तविक सिन्थेटिक हुनका लागि आवश्यक एस्टर कोर टेक्नोलोजी मोटुलसँग मात्र छ । एस्टर कोर टेक्नोलोजीका कारण लामो समय सम्म इन्जिन प्रयोग भइरहेमा पनि समस्या आउदैन । यसैकारण नै विभिन्न प्रकारका मोटर स्पोर्ट्समा मोटुल जोडिएको पाइन्छ । फ्रान्समा हुने ‘२४ आवर ले म्यान्स’ मा २४ घण्टा सम्म पनि तीव्र गतिमा गाडी दौडिरहन्छ । सो गाडीमा समेत मोटुल लुब्रिकेन्ट प्रयोग हुन्छ । त्यसैगरी चिसोका लागि उपयोगी रेन्ज समेत मोटुलसँग छ ।

अटोमोटिभ ब्रान्डसँग कसरी सहकार्य गर्नुभएको छ ?
विभिन्न ब्रान्डले ओईएमको रुपमा मोटुल प्रयोग गरेका छन् । विभिन्न प्रकारका क्लिनिङ प्रोडक्ट समेत हामीले उपलब्ध गराएका छौ । यी सबैका कारण धेरै ब्रान्डसँग हाम्रो सहकार्य छ । नेपालमा पनि त्यसै अनुसार सहकार्य हुनेछ ।

अन्त्यमा थप केही भन्नु छ कि ?
मोटुल आफैमा गुणस्तरीय लुब्रिकेन्ट हो । यसै अनुसार अन्य देशमा धेरै ग्राहकले रुचाउने गरेका छन् । आगामी दिनमा हामी नेपाली ग्राहकले पनि मोटुल ब्रान्ड रुचाउने अपेक्षा गरेका छौ । यस अनुसार मोटुलको विशेषता वारेमा जानकारी लिन र प्रयोग गर्नु हुन सबैमा अनुरोध छ ।

सम्बन्धित समाचारहरू

नेपाल प्रहरी र सशस्त्र प्रहरीका पेट्रोल पम्प अब २४सै घण्टा खुला

नेपाल प्रहरी र सशस्त्र प्रहरीका पेट्रोल पम्प अब २४सै घण्टा खुला

काठमाडौँ – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प...

विश्व प्रसिद्ध ब्रिटिश लुब्रिकेन्ट ब्रान्ड डकहम्स नेपालको बजारमा पुनः प्रवेश (फोटो फिचर सहित)

विश्व प्रसिद्ध ब्रिटिश लुब्रिकेन्ट ब्रान्ड डकहम्स नेपालको बजारमा पुनः प्रवेश (फोटो फिचर सहित)

काठमाडौं – विश्व प्रसिद्ध ब्रिटिश लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’ नेपालको...

क्यास्ट्रोल लुब्रिकेन्टको दोस्रो लक्की ड्र सार्वजनिक, स्वेतवाराहीले पाउने भयो होन्डा युनिकर्न

क्यास्ट्रोल लुब्रिकेन्टको दोस्रो लक्की ड्र सार्वजनिक, स्वेतवाराहीले पाउने भयो होन्डा युनिकर्न

काठमाडौं – क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...