एनआईयूले नेपालमा ल्यायो नयाँ मोडलको इलेक्ट्रिक स्कुटर, खुल्यो प्रि–बुकिङ
काठमाडौं – नेपाली बजारमा एनआईयूका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको इको...
मोटुल नेपालले मनाङमा आयोजित नेपाल राइडर मिट (एनआरएम) २०२५ को अवसर पारेर आफ्नो नयाँ प्रिमियम शतप्रतिशत फुल्ली सिन्थेटिक इन्जिन आयल ७१०० १५डब्लु–६० भव्य सार्वजनिक गरेको छ।
देशभरिबाट आएका ५०० भन्दा बढी राइडर्सको सहभागितामा सम्पन्न कार्यक्रमले मोटरसाइकलप्रेमीहरूको उत्साह र सामूहिक भावना उजागर गरेको मोटुलको नेपालका लागि आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले जनाएको छ । मोटुल ७१०० १५डब्लु–६० विशेषगरी उच्च प्रदर्शन गर्ने मोटरसाइकलहरूको लागि विकसित गरिएको हो, जसले साहसिक यात्रा र शहरी यात्रामा उत्कृष्ट सुरक्षा र कार्यक्षमता प्रदान गर्छ।
उदघाटन कार्यक्रमलाई थप विशेष बनाउँदै, राइडर्सहरूले मोटुल टिमसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै यसमा भएको एस्टर टेक्नोलोजी, गुणस्तरीय लुब्रिकेसन र उच्च प्रदर्शनका विशेषता नजिकबाट अनुभव गर्ने अवसर पाए।
आईएमई इलेक्ट्रिकका बिजनेस हेड राजेश चौधरीले सो भव्य विमोचनले मोटुल नेपालको लागि नयाँ उपलब्धिको संकेत गर्नुका साथै देशभर फैलिँदै गएको मोटरसाइकलप्रेमीहरूको जोश र समर्पण देखाएको बताए । उनले यसका साथै यो इनोभेसनले यात्रामा रुचि राख्ने बाइकरहरूलाई थप सघाउने र मोटरसाइकलको प्रदर्शन तथा माइलेजमा उल्लेखनीय सुधार ल्याउने बताए ।
एस्टर प्रविधियुक्त शतप्रतिशत सिन्थेटिक सो इन्जिन आयलले इन्जिनमा घर्षण र क्षय न्यून पार्दै दीर्घायु प्रदान गर्छ । त्यसैगरी यसले एपीआई एसपी र जसो मा२ अनुरुप नवीनतम मापदण्डअनुसार उच्चतम सुरक्षा र प्रदर्शन गर्छ ।
यसमा भएको उच्च फ्रिक्सन स्थिरताले क्लच ग्रिपमा सुधार ल्याउनुका साथै स्मुद र भरपर्दो तरिकाले सञ्चालन गर्न सहयोग गर्छ । त्यसैगरी इन्जिन सफाइ क्षमताका कारण स्लज र डिपोजिट रोक्दै सफा र कुशल इन्जिन कायम गर्छ भने थर्मल स्टेबिलिटीका कारण उच्च तापक्रममा पनि स्थिर प्रदर्शन गर्छ ।
इन्धन दक्षताका कारण माइलेजमा सुधार आउनुका साथै बहुप्रयोग क्षमताका कारण यसलाई रेसिङ, स्पोर्ट, टुरिङ मोटरसाइकलहरूमा उपयुक्त तरिकाले प्रयोग गर्न सकिन्छ ।
मोटुल नेपालको यो नयाँ इनोभेटिभ इन्जिन तेलले नेपालको बदलिंदो मोटरसाइकल संस्कृति र साहसिक यात्राहरूलाई अझ बलियो बनाउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
काठमाडौं – नेपाली बजारमा एनआईयूका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको इको...
हामीले विभिन्न विदेशी अनलाइनहरुमा सवारी साधन बुकिङ गर्न र किन्न सकिन्छ...
काठमाडौं – मेगा मोटर्सले नेपाली बजारमा नयाँ इलेक्ट्रिक पिकअप भित्र्याउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...