मोटरस्पोर्ट केटीएमले आयोजना गर्दै ‘इन्ड्युरेन्स ट्रफी सिजन–१’

काठमाडौं–नेपालमा एड्भेन्चर मोटरस्पोट्र्सलाई नयाँ उचाइमा पु-याउने उद्देश्यका साथ मोटरस्पोर्ट केटीएम प्रालिले इन्ड्युरेन्स ट्रफी सिजन–१ आयोजना गर्ने भएको छ । आगामी अगस्ट १ र २ मा सञ्चालन हुने यस दुईदिने इन्ड्युरेन्स -यालीले मोटरस्पोर्ट्स, सुरक्षित सवारी, पर्यटन प्रवर्द्धन तथा साहसिक यात्रालाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ ।

करिब ५०० किलोमिटर दूरी समेट्ने यस प्रतियोगितामा सहभागीहरूले दुई दिनसम्म सहनशीलता, समय व्यवस्थापन, नेभिगेसन, निर्णय क्षमता तथा सुरक्षित ड्राइभिङ कौशल प्रदर्शन गर्दै प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पहिलो दिन काठमाडौंबाट पोखरासम्म यात्रा हुनेछ भने दोस्रो दिन पोखराबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

यस प्रतियोगिताको अर्को प्रमुख आकर्षण यसको राष्ट्रिय टेलिभिजन प्रसारण हो । एक्सन स्पोर्ट टीभीले इन्ड्युरेन्स ट्रफी सिजन–१ को आधिकारिक प्रसारण साझेदारका रूपमा सम्पूर्ण प्रतियोगितालाई आठ एपिसोडको विशेष टेलिभिजन शृङ्खलाका रूपमा निर्माण तथा प्रसारण गर्नेछ ।

प्रत्येक एपिसोडमा प्रतियोगीहरूको यात्रा, साहसिक अनुभव, रमणीय दृश्य, पर्दापछाडिका गतिविधि, सहभागीहरूको अनुभव, आयोजकसँगका अन्तर्वार्ता तथा प्रायोजकहरूको सहभागिता समेटिनेछ । अन्तिम एपिसोडमा इन्ड्युरेन्स ट्रफी सिजन–१ को पुरस्कार वितरण समारोहको प्रत्यक्ष प्रसारण गरिनेछ ।

टेलिभिजन प्रसारणसँगै प्रतियोगिताको सम्पूर्ण गतिविधि डिजिटल माध्यमबाट पनि व्यापक रूपमा सार्वजनिक गरिनेछ । दैनिक हाइलाइट भिडियो, रील्स, डकुमेन्ट्री, ड्रोन फुटेज, फोटोग्राफी, सहभागीहरूको अनुभव, इन्फ्लुएन्सर सहकार्य तथा प्रायोजक केन्द्रित सामग्री विभिन्न सामाजिक सञ्जालमार्फत दर्शकमाझ पु-याइने आयोजकको भनाई छ ।

आयोजकका अनुसार इन्ड्युरेन्स ट्रफी केवल प्रतिस्पर्धात्मक मोटरस्पोर्ट्स कार्यक्रम मात्र नभई नेपालको पर्यटन, सडक सुरक्षा र जिम्मेवार सवारी संस्कृतिलाई प्रवर्द्धन गर्ने अभियान पनि हो ।

व्यावसायिक व्यवस्थापन, राष्ट्रिय टेलिभिजन प्रसारण तथा डिजिटल स्टोरी टेलिङमार्फत इन्ड्युरेन्स ट्रफी सिजन–१ ले नेपालमा एड्भेन्चर मोटरस्पोर्ट्सको नयाँ अध्याय सुरु गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...