यस्तो छ मोटरहेड मोटरसाइकलको मूल्य, सबैभन्दा महंगो स्क्राम्ब्लर २५० को मूल्य ४ लाख ५५ हजार

चाइजिन टु ह्विलर ब्रान्ड मोटरहेड पछिल्लो समय नेपाली राइडरमाझ लोकप्रिय बनिरहेको मोटरसाइकल हो । बजार सुहाउँदो मूल्यका कारण राइडरको रोजाइमा पर्न सफल यसको स्क्राम्ब्लर र अफरोड बाइक बढी चर्चामा रहेको पाइन्छ । यो मोटरसाइकललाई एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आयत गरी कारोबार गरिरहेको छ ।

नेपाली बजारमा यसको स्क्राम्ब्लर२५०, टेक्कन२५०, एक्स टर्क, एमएच२००, स्पोर्टस२५० र एमएच१५० गरी कुल ६ मोडलका मोटरसाइकल उपलब्ध छन् । जुन बिभिन्न कलर अप्सनमा उपलब्ध रहँदै आएको छ । कलर अप्सन अनुसार यसको एउटै मोडलमा १७ हजार रुपैयाँसम्मको मूल्य अन्तर रहेको देखिन्छ ।

कालो कलरमा उपलब्ध स्क्र्याम्लर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । जुन यो ब्रान्डको नेपालमा उपलब्ध सबैभन्दा महंगो मोटरसाइकल समेत हो । सबैभन्दा लोकप्रिय टेक्कन २५० आरको मूल्य ४ लाख ५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो पहेँलो र सुन्तला कलरमा उपलब्ध छ । त्यसैगरी रातो र सुन्तला कलरमा उपलब्ध टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एक्स टर्कको ३ लाख ९० हजार र एमएच २०० को ३ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । एक्सटर्क कालो र एमएच२०० रातो कलरमा मात्र उपलब्ध रहेको छ ।

स्पोर्टस २५० रोडको मूल्य ३ लाख ७० हजार र अफरोडको ३ लाख ६८ हजार रुपैयाँ निर्धारण गरिएको छ । निलो र रातो कलरमा उपलब्ध यी बाइकको मूल्य समान रहेपनि अर्काे मोडल एमएच १५० रातो कलरको मूल्य निलोको तुलनामा १७ हजार रुपैयाँले महंगो देखिएको छ । यसको निलो कलरको मूल्य २ लाख ८८ हजार रुपैयाँ तोकिएकोमा रातो कलरको भने ३ लाख ५ हजार रुपैयाँ निर्धारण गरिएको छ । डबल डिस्क ब्रेक, इन्भर्टेड सक एब्जर्बर, परिमार्जन गरिएको फ्रेम चेसिस, नयाँ र आकर्षक ग्राफिक्स तथा स्तरिय पेन्ट प्रयोग गरिएका कारण यसको रातो कलर केही महंगो देखिएको हो ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञा बन्यो खुकुलो : नयाँ खेलाडी बन्दै छन् नेपाली बजारमा यी नयाँ बाइक र स्कुटर

निषेधाज्ञा बन्यो खुकुलो : नयाँ खेलाडी बन्दै छन् नेपाली बजारमा यी नयाँ बाइक र स्कुटर

काठमाडौं – आज देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनेको छ...

मंसिर २२ देखि मोटरहेड भ्याली एक्सचेन्ज, बाइक किन्दा डर्ट हेल्मेट निःशुल्क

मंसिर २२ देखि मोटरहेड भ्याली एक्सचेन्ज, बाइक किन्दा डर्ट हेल्मेट निःशुल्क

काठमाडौं – मोटरहेड ब्रान्डको आधिकारिक वितरण एसएलआर टेक्नो एन्ड ट्रेड...

ट्यारोका ५ मोडल नेपालमा : मूल्य ९ लाख ५० हजार सम्म

ट्यारोका ५ मोडल नेपालमा : मूल्य ९ लाख ५० हजार सम्म

काठमाडौं – इटालीमा डिजाइन भएको र प्रविधिलगायतका विभिन्न सपोर्टका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...