नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडामा सम्पन्न
बागमती अटोमोबाइल्स एसोसिएसन र चितवन अटोमोबाइल्स डिलर एसोसिएसनको संयुक्त...
काठमाडौं – एफआइएम सस्टेनेबल विक २०२१ को अवसरमा नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) तथा नेपाल मोटरसाइकल फेडेरेसन क्लबको संयुक्त आयोजना, पर्वतीय खेलकुद महासंघ नेपाल र नेपालअटो डटकमको सहयोगमा हिजो अपरान्ह ४ बजे अनलाइन जुममार्पmत मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनिबिलिटीशीर्षकमा वेबिनार आयोजना भएको छ ।
नेपाल, भारत र फ्रान्सबाट वक्ता तथा सहभागीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई नासा नेपालका सचिव सन्तोष न्यौपानेले संचालन गरेका थिए भने उपाध्यक्ष अनिल कुमार बरालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा वक्ता फेडेरेसन इन्टरनेसनल डे मोटोसाइक्लिजम (एफआईएम) अन्तर्गत इन्टरनेसनल सस्टेनिबिलिटी कमिसनकी निर्देशक काटिया जुआरेज डुबनले एफआईएमका गतिविधिबारे जानकारी गराइन् भने ट्रयाक्स इन्डियाकी महासचिव रजनी गान्धीले मोटरसाइकलको यात्रालाई सुरक्षित बनाउन भारतमा चालिएका कदम तथा उपलब्धिबारे प्रस्तुतिकरण गरिन् ।
एफआईएम एसियाका उपाध्यक्ष सुजित कुमारले नेपाल टुरिङ्गको उत्कृष्ट गन्तब्य बन्न सक्ने जानकारी गराउदै विगतमा नासा नेपालसँग एकबद्ध भएर गरिएका कार्यक्रमहरु स्मरण गरे भने राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य तथा एफआईए इन्भाइरोमेन्ट एन्ड सस्टेनेबल कमिसनका सदस्य गोविन्द भट्टराईले एफआईएम तथा नासा नेपालको इतिहास, संयुक्त कार्यक्रम तथा नेपालका केही टुरिङ्ग गन्तब्य बारे जानकारी प्रदान गरे ।
अर्का वक्ता हिमालयन इन्फिल्डर्सका निर्देशक प्रमोद श्रेष्ठ (गुफी) ले मोटरसाइकल मार्फत नेपालमा गरिएका टुरिङ गतिविधि पेश गर्नुका साथै सुरक्षा मापदण्ड पालना गर्न बारे प्रस्तुति गरे । त्यस्तै, योम मा ई–मोटर्स प्रालिका प्रबन्ध निर्देशक सञिजव शिल्पकारले इन्धनयुक्त सवारीले वातावरणमा परेको प्रभाव बारे छलफल गर्दै विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्नेमा जोड दिए भने नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका कार्य समिति सदस्य प्रकाश कपुरीले सडक सुरक्षाका हिसाबले सवारी कर संकलनलाई थप पारदर्शी बनाई उपभोक्ताले तिरेको कर अनुसार सवारी चलाउने वातावरण हुनुपर्ने बताए ।
कार्यक्रमको अन्तमा नासा नेपालका उपाध्यक्ष सिताराम न्यौपानेले सम्पूर्ण वक्ता तथा सहभागीलाई धन्यबाद दिदै निष्कर्ष सहित कार्यक्रम समापन गरेका थिए ।
बागमती अटोमोबाइल्स एसोसिएसन र चितवन अटोमोबाइल्स डिलर एसोसिएसनको संयुक्त...
काठमाडौं– नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) र महिला मोटरसाइकल...
पोखरा – दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...