मंसिर सम्म लम्बियो गाडी र मोटरसाइकलको आयात प्रतिबन्ध
काठमाडौं – बैंशाख १४ बाट प्रतिबन्ध लगाएको मोबाइल, गाडी, मोटरसाइकल र मदिराको...
काठमाडौं – बिमा समितिले मोटर बीमामा निषेधाज्ञा अवधिभरको बिमाशुल्कमा छुट दिने भएको छ । समितिले शुक्रवार निर्जीवन बीमा कम्पनीहरूलाई एक परिपत्र जारी गर्दै मोटर बिमामा निषेधाज्ञा अवधिभरको बिमाशुल्कमा समानुपातिक रूपमा छुट दिन निर्देशन दिएको छ ।
समितिले सार्वजनिक यात्रुवाहक सवारी साधनका लागि यस्तो निर्णय गरेको हो ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निषेधाज्ञा अवधिभरका लागि समितिले सार्वजनिक यात्रुवाहक सवारी साधनका लागि यस्तो निर्णय गरेको बताएका छन् ।
निषेधाज्ञा अवधिमा अधिकांश सवारीसाधन पूर्णरूपमा थन्किएका र केही सवारीसाधन आंशिक रूपमा चलेका छन् । त्यो अवस्थामा सवारीसाधनमा बिमायोग्य जोखिम कम हुने भएकाले समानुपातिक रूपमा बिमाशुल्क छुट दिने व्यवस्था गरिएको हो । तर, दाबी परिसकेको बिमाको हकमा भने छुट नदिइने बिमा समितिको भनाइ छ ।
कोरोना भाइरसको दोस्रो लहर शुरू भएपछि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा निषेधाज्ञा लगाएको थियो । त्यो मितिदेखि सरकारले निषेधाज्ञा हटाएको मितिसम्मको अवधिका लगि बिमाशुल्क छुट दिनुपर्ने समितिको भनाइ छ । समितिले कोरोनाको पहिलो लहर नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीमा पनि मोटर बिमामा बिमाशुल्क छुट दिएको थियो ।
बीमाशुल्क गणना गर्दा तेस्रो पक्ष, यात्रु र कर्मचारी बीमालगायत जोखिमको समेत हिसाब गर्नुपर्ने समितिको भनाइ छ । अत्यावश्यक सेवाका सवारीसाधनको हकमा भने सरकारले सूचना जारी गरी सञ्चालन गर्न दिएको अनुमतिको अवधिको आधारमा थन्किएको अवधि गणना गरिनेछ । सोही आधारमा नै सम्बद्ध सवारीधनीले बिमाशुल्कमा छुट पाउने समितिको भनाइ छ ।
काठमाडौं – बैंशाख १४ बाट प्रतिबन्ध लगाएको मोबाइल, गाडी, मोटरसाइकल र मदिराको...
विश्व अटो उद्योगको भविष्य विद्युतीय सवारीमा छ। अमेरिकी राष्ट्रपति जो...
गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी मौसम कारको लागि चुनौतीपूर्ण हुन सक्छ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...