खेलकुद महासंघमा मोटर स्पोर्ट्स क्षेत्रमा क्रियाशील पदाधिकारीहरु चयन

काठमाडौं – एमाले निकट नेपाल खेलकुद महासंघको केन्द्रीय समितिमा अटोमोबाइल क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिहरु पदाधिकारी बनेका छन् । हालै एमाले अध्यक्ष केपी ओली पक्षीय नेताहरु सम्मिलित नेपाल खेलकुद महासंघको ८ सय ४५ सदस्यीय नयाँ समिति बनेको हो ।

बैशाख ७ गते काठमाडौंमा भएको राष्ट्रिय कार्यकर्ता भेलाले केन्द्रिय कमिटी, आयोगहरु, सल्लाहकार कमिटीलगायत मातहतका प्रदेश, जिल्ला तथा महानगर कमिटि गठन गरेको थियो ।

केन्द्रीय कमिटीको प्रथम उपाध्यक्ष बनेका गोविन्द प्रसाद भट्टराई र महासचिव बनेका मेघराज पौडेल नेपालमा अटोमोबाइल स्पोर्ट्सको विकासमा लामो समय देखि क्रियाशील व्यक्ति हुन् ।

प्रथम उपाध्यक्ष बनेका भट्टराई नेपाली खेलकुदमा सक्रिय नाम हो । भट्टराई हाल साहसिक तथा पर्यटकीय खेलकुद महासंघको केन्द्रीय अध्यक्ष छन् भने पौडेल नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको महासचिव छन् । भट्टराई पछिल्लो समय साहसिक तथा पर्यटकीय खेलकुद महासंघको अध्यक्षको हैसियतमा राखेपको बोर्ड सदस्य छन् ।

मेघराज पौडेल पनि मोटर स्पोर्ट्स क्षेत्रमा क्रियाशील नासामा लामो समय कार्यरत थिए । नेपाली खेलकुदलाई व्यावसायिक बनाउन र यसको स्तर वृद्धि गर्नमा उनको महत्वपूर्ण भूमिका छ ।

महासचिव मेघराज पौडेलद्धारा जारी बिज्ञप्ति अनुसार रमेश पौडेलको नेतृत्वमा गठित केन्द्रिय कमिटीमा परशुराम (कृष्ण) बस्नेत बरिष्ठ उपाध्यक्ष छन् ।

त्यसैगरी मोटर स्पोर्ट्स क्षेत्रमा क्रियाशील निरज खड्का स्थायी कमिटी सदस्य र ठाकुरप्रसाद न्यौपाने, सुशील तण्डुकार, सञ्जु बज्राचार्य र सन्तोष न्यौपाने सचिवालय सदस्य बनेका छन् ।

त्यसैगरी मोटर स्पोर्ट्स र अटोमोबाइल क्षेत्रमा क्रियाशील अनिल बराल, देवराज क्षेत्री, प्रकाश कपुरी, रमेश सिलवाल र जय थापा सदस्य बनेका छन् ।

त्यसैगरी मनोज विक्रम शाह सल्लाहकार समितिको सदस्य छन् ।

सम्बन्धित समाचारहरू

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

काठमाडौं – नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ...

टीडीएस मोटर -याली तथा अटो जिमखाना हुँदै, विजेताले २ लाख नगद पुरस्कार पाउने

टीडीएस मोटर -याली तथा अटो जिमखाना हुँदै, विजेताले २ लाख नगद पुरस्कार पाउने

काठमाडौं–बागमती अटो जिमखाना तथा टीडीएस मोटर र्याली आयोजना हुने भएको छ ।...

नासा नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन: दसरथ रिसाल

नासा नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन: दसरथ रिसाल

काठमाडौँ । नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) को नयाँ नेतृत्व चयन भएको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...