नासा नेपालको कार्यक्रम एक्सप्लोर द ट्रयाक सम्पन्न
नेपाली राइडर्स तथा ड्राइभर्सहरुलाई विश्वस्तरिय ज्ञान, सीप र प्रविधि...
काठमाडौं - माउन्ट एभरेस्ट मोटरस्पोर्ट्स फेस्टिभलमा आशिष भारती अटोक्रस च्यालेन्ज र नेपाल अटोजिमखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्ग मोक्ताङ नेपाल अटोजिमखाना (महिला) मा प्रथम भएका छन् ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को आयोजनामा हिमालयन मोटरल्याड, धुलिखेलमा माउन्ट एभरेस्ट मोटर स्पोर्ट्स फेस्टिभल सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसको स्पोर्ट्स डेभलपमेन्ट प्रोग्राम अन्तर्गत टोटल इनरजिज नेपालको शीर्षक प्रायोजन र बागमती प्रदेश खेलकुद विकास परिषद्को अर्थिक सहयोगमा भएको फेस्टिभलमा मोटर स्पोर्ट्सका चारवटा विधामा रेसका साथै एटिभिडेमो र भिन्टेज कार प्रदर्शनी लगायतका विभिन्न आकर्षण रहेको थियो ।
फेस्टिभलको अटोक्रस च्यालेन्जमा रविन सुनुवार र सुन्दर होना, कार्ट्समाण्डुका प्रविन कार्की र जय प्रताप मास्के, जिमखाना पुरुषमा रविन सुनुवार र दिग्विजय आचार्य तथा जिमखाना महिलामा वर्षा बस्नेत र प्रज्ञा कडेल क्रमशः दोस्रो र तेस्रो भए ।
विजेताहरुले जनही क्रमशः सत्ताईस हजार, नौ हनार र तीन हजार नगद पुरस्कारका साथै सिल्ड सर्टिफिकेट र टोटल इनरर्जिजको गिफ्ट ह्यामपर पनि प्राप्त गरे ।
बागमति प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दीपक लामाले फ्लाग अफ गरी सुरु गरिएको सो फेस्टिभलमा अटोक्रस च्यालेन्ज, कार्टमाण्डु कप, क्वाड बाइक एभेन्चर र नेपाल अटोजिमखाना (पुरुष र महिला) लगायतका प्रतिस्पर्धामा पचासभन्दा बढी सहभागी रहेका थिए ।
कार्यक्रको सुरुवात गर्दै सदस्य सचिव लामाले नेपाली युवाहरुमा लोकप्रिय स्किल, स्पिड र इन्जीनको संयोजन मोटरस्पोर्टस्मा बागमती खेलकुद परिषद् प्रत्यक्ष संलग्न रहने बताउदै खेलाडीहरुको हौसाला बढाए ।
नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, टोटल इनर्जिज नेपालका सेल्स हेड सुवोध थापा लगायतले सम्पूर्ण विजेता र खेलाडीलाई हिजो अवेर धुलिखेलमा पुरस्कार वितरण गरेका थिए ।
नेपाली राइडर्स तथा ड्राइभर्सहरुलाई विश्वस्तरिय ज्ञान, सीप र प्रविधि...
काठमाडौं – आम निर्वाचनको संघारमा नेपलका सडक यातायातको क्षेत्रलाई...
छोटो समयमै नेपालमा मोटरस्पोर्ट्स सम्बन्धी खेलहरुले राम्रो स्थान ओगटेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...