शाओमीको वाईयू७ जीटीद्वारा चालक बिनै विश्वकै कठिन रेस ट्र्याक नुर्बुर्गरिङ नोर्डश्लाइफेमा नयाँ कीर्तिमान
शाओमीले अटोमोबाइल क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ।...
विश्व प्रख्यात बाइक रेस मोटो जिपी यो वर्ष भारतमा नहुने भएको छ । यस वर्षका लागि स्थगित गरिएको उक्त रेस २०२५ को मार्चमा आयोजना हुने आयोजकको भनाई छ । आयोजक एफआईएम, आईआरटिएस र डोर्ना स्पोर्टसले २०२४ मा इन्डियन ग्राण्ड प्रिक्स नहुने घोषणा गरेका हुन् ।
आयोजकका अनुसार यो वर्ष रेस आयोजना नगर्नुको मुख्य कारण चर्को गर्मी हो । गत वर्ष पनि सेप्टेम्बर महिनामा बुद्ध इन्टरनेशनल सर्किटको ट्रयाकमा सहभागी हुन आएका रेसले चर्को गर्मी भएको गुनासो गरेका थिए । अत्याधिक गर्मीका कारण कतिपय रेसरको अवस्था बिग्रिएको थियो । यस वर्ष पनि भारतमा गर्मीले आफ्नो प्रकोप देखाउन थालेको छ ।
गत वर्ष सेप्टेम्बर महिनामा ग्रेटर नोएडाको बुद्ध इन्टरनेशनल सर्किटमा विश्वको सबैभन्दा प्रसिद्ध रेसिङ च्याम्पियनसिप (मोटोजीपी भारत) सुरु भएको थियो । तीन दिनसम्म चलेको मोटोजीपीको फाइनल रेसमा कुल ११ टोली र २२ राइडरले भाग लिएका थिए । भारतको पहिलो मोटोजीपीको फाइनल दौडमा इटालियन रेसर मार्को बेजेचीले सबैभन्दा छोटो समयमा पोल पोजिसन कब्जा गर्दै इन्डियन ग्राण्ड प्रिक्स जितेका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...