बाइक अचानक रोक्नु परेमा पहिले ब्रेक थिच्ने कि क्लच ?
अधिकांश मानिसहरू यात्रा र अफिस जानको लागि दैनिक बाइक प्रयोग गर्छन् ।...
अष्ट्रेलियामा कार्यरत नेपाली मोटर स्पोर्ट्समा विगतमा संलग्न नेपालीहरु एवम् मोटर स्पोर्ट्स, अटोमोबाइल, मोबिलिटी र ड्राइभ टुरिजम तथा सडक सुरक्षाको क्षेत्रमा रुचि राख्ने अष्ट्रेलियाबासी नेपालीहरु संगठित भएका छन् ।
अष्ट्रेलियाका विभिन्न सहरमा अध्ययन, रोजगार तथा व्यवसाय गरिरहेका नेपालीहरूले मूलतः नेपाली मोटर स्पोर्ट्समा प्रत्यक्ष रुपमा संग्लग्न हुन, आफ्नो सीप, क्षमता र पहुँचको प्रयोग गरी नेपाली ड्राइभर तथा राइडरहरुलाई सहयोग गर्न र नेपालमा ड्राइभ टुरिजम र सडक सुरक्षाको क्षेत्रमा योगदान दिनका लागि सो क्लबको गठन गरेको बताएका छन् ।
नेपाली नयाँ वर्ष २०८२ को पहिलो दिन यो संगठित प्रयास अष्ट्रेलियाबाट सार्वजनिक गर्दै नेपालीलाई यो अभियानमा आबद्ध हुन क्लबले अनुरोध गरेको छ ।
क्लबको निकट भविष्यमा एनआरएनए अष्ट्रेलिया तथा नेपाल अटोमोबाइल एसोसिएसनमा समेत आवद्ध हुने योजना रहेको बताएको छ ।
हाल ९ जना संस्थापक रहेका मोटो–अस नेपालका संस्थापकहरुमा दिनेश कठायत, रितेश उपाध्याय, प्रत्यूष कुँइकेल, दिक्षा श्रेष्ठ, सुनिता देसार, सुयोग खनाल, सौगात राजभण्डारी, उमेश चौलागाईं र दिक्षा श्रेष्ठ रहेका छन्।
तत्कालको लागि अस्ट्रेलिया पछि संयुक्त राज्य अमेरिका, बेलायत, युरोपियन युनियन र जापानमा समेत यस्ता समुह बन्न सक्ने देखिन्छ, जसले नेपाली मोटर स्पोट्र्स, अटोमोबाइल र मोबिलिटीको क्षेत्रमा संग्लन र रुचि राख्नेहरुका लागि सामूहिक कार्य गर्ने बताइएको छ ।
अधिकांश मानिसहरू यात्रा र अफिस जानको लागि दैनिक बाइक प्रयोग गर्छन् ।...
चितवन – चितवनको भरतपुरमा सम्पन्न भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता...
काठमाडौं – नेपालमा पहिलो पटक फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम)...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...