बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई आइतबार पक्राउ गरेको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ का २६ वर्षिय को छेसाङ्ग लामा र २३ वर्षका को शिल बहादुर तामाङलाई चोरी गरेको बा ९९ प ७७३१ नम्बरको सेतो रंगको केटिएम ड्युक मोटरसाइकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
त्रिपुरेश्वर स्थित अटो क्लिनिक मोटरसाईकल वर्कशपमा बनाई रहेको उक्त मोटरसाईकललाई शंकास्पद लागि अनुसन्धान गर्दा चोरी भएको खुल्न आएको हो । उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३–०२–००६ प २४९५ रहेको खुल्न आएको छ ।
काठमाण्डौ अत्तरखेलबाट हराएको भनी जिल्ला खोटाङ ऐसेलुखर्क वडा नं. ६ बस्ने सोमकुमार राईले हुलिया सहितको निवेदन महाशाखामा दिएका थिए । दुवैजनालाई मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि महानगरीय प्रहरीवृत्त, बौद्ध पठाइएको महाशाखाले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...