बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तार्केश्वर–६ धर्मस्थलीबाट १ जना र काठमाण्डौ– १६,म्हैपीबाट ४ जना गरी मोटरसाइकल चोरी गर्ने ५ जनालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
धर्मस्थलीबाट नुवाकोट काउले गाउँपालिका वडानं। ५घर भई हाल काभ्रेस्थली बस्ने २२ वर्षीय रमेश तामाङलाई प्रदेश ३– ०२,०१६ प ३८०४ नम्वरको रातो रंगको २०० सी.सी. को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उक्त नम्वरको मोटरसाइकल गत कात्तिक २ गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोजतलास गरिपाउँ भनि रोशन अधिकारीले महाशाखामा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाईएको महाशाखाले जनाएको छ ।
त्यस्तै, काठमाडौ म्हैपीबाट जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं ५ घर भई हाल काठमाडौं झोर बस्ने २२ वर्षीय किरण लामा, नुवाकोटका २१ वर्षीय क्षितिज तामाङ, नुवाकोटका २३ वर्षीय दिपक तामाङ र बाराका २३ वर्षीय गंगा चौधरीलाई पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट प्रदेश ३–०२,०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सी.सी. को पल्सर मोटरसाईकल पक्राउ परकोमा उक्त मोटरसाईकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ ।
उक्त नम्वरको मोटरसाईकल मिति गत असार २१ गते गोल्ढुङ्गाबाट हराएको हुँदा खोजतलास गरि पाउँ भनि प्रविन ढुंगानाले हुलिया सहितको निवेदन महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...