बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडाैं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३ वर्ष अघि काठमाडौंको कपनबाट चोरी भएको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई बिहिबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर १२ का रामशरण मिजार र सुवास मिजार रहेका छन् । उनीहरु दुवैजनालाई चोरी गरेको बा ८१ प ५२७५ कालो रङको पल्सर २२० सी.सी मोटरसाइकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
उक्त मोटरसाइकल काठमाडौंका कपनबाट हराएको भन्दै अभिषेक ढकालले ९ असोज २०७४ मा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा मोटरसाइकल र मोटरसाइकल चोरीमा संलग्न २ जनालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाइएको महाशाखाले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...