सर्बाधिक पावरफुल : आयो फुल चार्जमा २४० किलोमिटर रेन्ज दिने सिम्पल वान ई–स्कुटर

ओला स्कुटर लन्च भएसँगै सिम्पल वानले पनि ई–स्कुटर लन्च गरेको छ । जसको मूल्य १ लाख १० हजार भारु तोकिएको छ । उक्त स्कुटर १९४७ भारुमा बुकिङ सुरु भइसकेको छ । सिम्पल वान इलेक्ट्रिक स्कुटरले फुल चार्जमा २४० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

४ कलर अप्सन
इलेक्ट्रिक स्कुटरमा स्पोर्ट डिजाइन र डिजिटल कस्टमाइज ड्यासबोर्ड उपलब्ध रहेको छ । साथै ब्लुटुथ कनेक्टिभिटी र टायर मनिटरिङ सिस्टम पनि उपलब्ध रहेको छ । सो स्कुटर रातो, सेतो, कालो र निलो रङमा उपलब्ध छ ।

लिथियम आयोन ब्याट्री
सो स्कुटर कम्पनीको भारतमा पहिलो स्कुटर हो । जसको प्रतिस्पर्धा एथर ४५०एक्स र ओला स्कुटरसँग हुनेछ । सिम्पल वान इलेक्ट्रिकमा ४.८ केडब्ल्युएच लिथियम आयोन ब्याट्री समावेश गरिएको छ । उक्त ब्याट्री फुल चार्जमा इको मोडमा २४० किलोमिटरको दुरी तय गर्ने क्षमताको रहेको छ ।

टप स्पिड
सो स्कुटर ३.६ सेकेन्डमा ५० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्ने क्षमता रहेको छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । सो इलेक्ट्रिक स्कुटर भारतमा उपलब्ध सबै इलेक्ट्रिक स्कुटर भन्दा बढी रेन्ज प्रदान गर्न सक्ने विश्वास गरिएको छ ।

तमिलनाडु राज्यमा प्लान्ट
कम्पनीले तमिलनाडुको होसुरमा २ लाख वर्गफुटमा प्लान्ट तयार गरिरहेको छ । पहिलो चरण सिम्पल वान इलेक्ट्रिक स्कुटर महाराष्ट्र, दिल्ली, राजस्थान, गोवा, उत्तर प्रदेश र गुजरात सहित १३ राज्यमा लन्च गरिनेछ ।

सम्बन्धित समाचारहरू

वीरगन्ज नाकाबाट सात महिनामा ४९७ युनिट विद्युतीय गाडी आयात

वीरगन्ज नाकाबाट सात महिनामा ४९७ युनिट विद्युतीय गाडी आयात

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४८ करोड ६४ लाख...

अब बर्दिवासमा पनि फोटोन र सोकोनका कमर्सियल गाडी उपलब्ध, खुल्यो शोरुम

अब बर्दिवासमा पनि फोटोन र सोकोनका कमर्सियल गाडी उपलब्ध, खुल्यो शोरुम

काठमाडौं – एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले बर्दिवासमा आफ्नो...

ओमोडा र जेको ईभीका लागि चार्जिङ पूर्बाधार विस्तार हुँदै, कार्तिकसम्म २७ स्थानमा बन्ने

ओमोडा र जेको ईभीका लागि चार्जिङ पूर्बाधार विस्तार हुँदै, कार्तिकसम्म २७ स्थानमा बन्ने

काठमाडौं– ओमोडा ईभी बिक्री गर्दै आएको एसपिजी अटोमोबाइल्स चार्जिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...