‘निसान बाई एन्ड विन’ अभियानका चार भाग्यशाली विजेताको घोषणा
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प...
नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि ह्याचब्याक, सेडान हुँदै एसयूभी सम्म रोज्ने ग्राहकहरु नेपालमा समेत बढिरहेका छन् ।
पछिल्लो अवस्थामा टर्बो पेट्रोल इन्जिनमा उपलब्ध कार रोज्ने ग्राहक नेपालमा समेत बढ्दै गएका छन् । टर्बो इन्जिन भेरिएन्टमा टर्बोचार्ज्ड इन्जिन हुन्छ, जसले बढी पावर दिन्छ । यसले गर्दा कम क्षमताको इन्जिनले पनि बढी पावर दिने गर्छ । यसले गर्दा माइलेज पनि बढी हुन्छ ।
सामान्य रुपमा भन्दा कम मूल्यमा बढी पावरयुक्त कार रोज्ने ग्राहकका लागि टर्बो इन्जिनयुक्त कार उपयुक्त विकल्प बन्न सक्छन् । यही कुरालाई मनन गरी धेरै कार कम्पनीहरुले आफ्ना बेस्ट सेलिङ कारमा टर्बो पेट्रोल भेरिएन्ट ल्याउने गरेका छन् ।
नेपाली बजारमा उपलब्ध कम मूल्यका टर्बो पेट्रोल इन्जिनयुक्त कार यी हुन् :
स्कोडा -यापिड
स्कोडा -यापिड टीएसआई सन् २०२० मा नेपाली बजारमा उपलब्ध भएको थियो । छोटो समयमै यो नेपाली बजारमा सबैभन्दा बढी लोकप्रिय सेडान बनेको छ । टर्बो पेट्रोल इन्जिन रोज्नेहरुका लागि समेत यो उपयुक्त विकल्प बनेको छ । यसको मूल्य ३६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
स्कोडा -यापिडमा १.० लिटर टर्बो पेट्रोल इन्जिन छ, जसले ११० एचपी पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य समेत निकै नै प्रतिस्पर्धी छ । स्कोडा -यापिडमा भएको टीएसआई इन्जिनले ८ पटक सम्म ‘इन्जिन अफ द इयर’ अवार्ड पाएर रेकर्ड समेत कायम गरेको छ ।
फक्सवागन पोलो
फक्सवागन पोलो टीएसआई नेपाली बजारमा २०२० मा लन्च भएको थियो । स्कोडा -यापिडमा प्रयोग गरिएकै १.० लिटर टीएसआई इन्जिन यसमा पनि प्रयोग गरिएको छ, जसले ११० पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य पनि ३६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
निसान म्याग्नाइट
निसान म्याग्नाइट नेपाली बजारमा भित्रिएको पनि धेरै भएको छैन । यो सन् २०२१ लागे पश्चात नेपालमा भित्रिएको हो । निसान म्याग्नाइटमा भएको १.० लिटर टर्बो पेट्रोल इन्जिनले ९८ एचपी पावर र १६० एनएमको टर्क जेनेरेट गर्छ । निसान म्याग्नाइटको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।
हुन्डाई भेन्यु
कोरियन कार निर्माता कम्पनी हुन्डाईको भेन्यु पनि नेपाली बजारमा निकै नै लोकप्रिय छ । हुन्डाई भेन्युको १.० लिटर कप्पा पेट्रोलमा टर्बो भेरिएन्टको इन्जिन छ । यसमा भएको इन्जिनले ११८ एचपी पावर र १७२ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।
नेपाली बजारमा अन्य ब्रान्डका समेत टर्बो इन्जिनयुक्त कार उपलब्ध भए पनि मूल्यका आधारमा यी चार ब्रान्ड र मोडल चर्चित छन् ।
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प...
नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...
काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...